~अमर भाट~
पढ्ने लेख्ने उमेरमा गोठालोको काम
नेपालकी छोरि हुँ म माइली हो नाम
धनिमानी जाने स्कूल जान सक्तिन म
दिन दिनै मिठो मिठो खान सक्तिन म
खेलौना हुन् मेरा लागि यिनै पशु पंछी
हाम्रै भाग्य खोटो अरे संनानीले भन्छी
कैले होला हाम्रा बाउले कमाउने दाम
खान लाउन दिन्छौ भनि नेताजीले भन्थे
त्यै हुनाले बाउले पनि भोट हालेका थे
भत्केको छ घर मेरो छानो चुहिरन्छ
आफ्नो भन्ने कहिँ छैन हाम्रो कस्ले सुन्छ
कहाँ होला गरिबको संसारमा ठाम
हिजोसम्म मागिखोसी हाम्रै भाग खान्थे
तिमीलाई मुक्ति हामी दिलाउछौँ भन्थे
थिचोमिचो बढीराछ समाजमा फेरी
गरिबका तिनै नेता बसीराछन हेरी
कुन नेताले दिने होला गरिबलाई माम