~श्रीजना गोले~
कुकुरको पुच्छर !
मोदि सरकार !
नेपाल
कुनै परिकथाको
देश होइन
जहाँ तिमी
धोती हल्लाउँदै
निर्धक्क आफु खुशी
नाँच्न सकोस
मोदि सरकार !
तिमीलाई
थाहा हुनुपर्ने
नेपाल विरहरूको देश,
स्वाभिमानिहरूको देश,
पहलमानहरूको देश
जहाँ तिमीले नाक बन्दिको
निकम्म परिघोष गर्यौ
यसले त नेपालको
एक रौं सम्म
हल्लिदैन मलाई त
रत्तिभर विश्वास छैन
तिमी
धोती मात्र हल्लाउनेले
नेपाललाई
के हल्लाउन सक्लौ र !
नेपालीलाई
के हल्लाउन सक्लौ र !
मोदि सरकार !
सुन्दा तिमी डराउन्नौं नि !
नेपाल
अजिङ्गरको देश पो हो त
जसको
आहारा दैवले जुराउँछ
मोदि सरकार !
त्यसैले तिमीलाई
एउटा सुझाव मेरो
बरू तिमी
आफ्नो धोती सम्हाल !
धोती त तिम्रो
एसै उसै
फुस्कि सकेको छ नै
तिम्रो लाज देखेर
हाम को त शरम नहि !
आफ्नो
लाज देखेर तिमी
आफैं आफुसँग
लज्जित हुनु पर्ला
अरूसँग लाज हुनुभन्दा
आफैँसँग
लाज हुनु भनेको
नाक झर्नु बराबर हो
त्यसैले मोदि सरकार !
तिमी
आफ्नो धोती सम्हाल !
मोदि सरकार !
बिस्मातै पो
भो केहि कुरामा
तिम्रो निकम्म
नाक बन्दले
यता कतिले
पस्केको भातै खान पाएनन्
कति
माइती जान पाएनन्
कति चाहिँ ससुराली
कतिले
सासै फेर्न सम्म बिर्सिए
यत्ती सम्मकी
कति
परमधाम भएकाले
वैतरणी
तर्न पाएनन्
यसमा चाहिँ
बिस्मातै छ मलाई
अनि
मोदि सरकार !
जसले तिमिलाई
माता सम्झिन्थ्यो !
पिता सम्झिन्थ्यो !
गुरु सम्झिन्थ्यो !
खुच्चिङ !
उ त
यत्तिखेर अँगेरी
खाए बराबर पो भयो त !
फेरि
आँखा चिम्लेर
मोदि सरकार !
तिमीलाई
विस्वास गर्नेहरु
तिमलिाई
असल मित्र भन्नेहरु
तिमीलाई
सहयोगी मित्र भन्नेहरु
नेपाल भारत
सम्बन्ध प्रगाढ छ भन्नेहरु
हर साँझ बिहानी
तिम्रो
अतिरन्जकपुर्ण
भजन गाउने
भक्त र पुजारेहरु
थुइक्क !
यि सब–सबै
कुकुरका पुच्छरहरू !!!