~अजय गिरी~
हरियाली डौटो ओडि, आकाश छुने रारा
मेरो शिर उचा पार्ने, नेपालकै तारा
ऐना हेर्ने अग्ला डाँडा, चुचेमारा भेक
निर्मल जल निलो तल, मुख धुने लेक
ढुकेको छ मेरो सारा बाटो हेरिहेरी
नयाँ प्रदेश बनाउनु छ कर्णालीलाई फेरि
एकसय सत्सट्ी मिटर आँत मुटु छुने
तीन पाँच कि.मि. लम्बा चौडा विशाल
छाती छुने
वारिपारी खेल्ने गर्छन् मिलन चौर अनि
घाँसे मैदान, ठाकुरनाथ, खत्याड खोला पनि
ढुकेको छ मेरो रारा………..
भूल्भूले खोली बोकी डाँफे लेकमाथि
चारभेकको गमपाली, हिमालको छाती
बाटो हेरी छपक् मार्छन वनसम्पदा काफी
जडिबुटी अनगन्ति ढुकेका छन् डाकि
उठ् कर्णाली एक जुट हुँदै दासता हटाउनलाई
गणतन्त्र, स्वतन्त्र शासन नेपाल बनाउनलाई
जलविद्युत, माछापालन, के नहुने छ र?
पर्यटन उद्योग हुने विदेशीको घर
हिमाली चरा जन्तु दर्पन हेरी छायाँ
जैविक विविधता सँगै गाँसेको छ माया
ढुकेको छ मेरा रारा्
रारा मार्ग मोटर बाटो चेतना खुलेमा
बगैचा बाहैमासे हुन्छ, पाटना फूल फूलेमा
बहुआयामिक सम्भावना पोल्टो दासको छ
दीर्घकालीन योजना देशको सारा मागेको छ।
उठ् कर्णाली एकजुट हुँदै
विदेशी पर्यटक डाकी डलर फल्ने माल
देशलाई धनराशी भर्ने मेरो रारा ताल
ताल्चा विमान, घुम्ती बाटो होटल पसल
रारा विकास उत्थान हुने कर्णाली सफल
ढुकेको छ मेरो रारा…………
उठ् कर्णाली एकजुट हुँदै………..
गणतन्त्र स्वतन्त्र शासन नेपाल बनाउनलाई
–कालीकोट
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ३४ – २०६७ आषाढ ३० गते, बुधबार )