~राकेश कार्की~
खाने खाने माथी लागे यहाँ
नखाने चाहीँ थाँती लागे यहाँ
बोल्नेको हुकुम कमाण्डमा
नबोल्ने चाहीँ ताँती लागे यहाँ
लाशको राजनीति गर्नेहरू
के दिउँसो के राती लागे यहाँ
सोझो परिश्रमी नेपाली मार्न
सत्ताका लोभी माँती लागे यहाँ
त्राही त्राही ज्यान जोगाउन
हजूरबाउ नाती लागे यहाँ
दु:खी गरीबलाई नै भूतप्रेत
अनि नाना भाँती लागे यहाँ
हुने कमाउनेले मात्र चपाउने
नहुनेलाई दाँती लागे यहाँ
तर्साउने सताउने राक्षसभन्दा
बाँच्नदिने नै जाती लागे यहाँ
(स्रोत : Ratopati)