कविता : बहुचाल

~झंकलाल आरोही~

तर्साई धम्क्याई हल्ला चलाई
जित्ने दाउ छ धूर्तहरुको
देश विदेशको धाक लगाई
मुड्ने दाउ छ अमूर्तहरुको ।

चाहोस्, नचाहोस् देशले
बलजफ्ती पराइतन्त्र हुली
इज्जत हुर्मत बेचेरै होस्
डट्ने दाउ छ अपूर्तहरुको ।

अहिले तमासे छ जताततै
अवसरवादी नाचिरहेछन्
महँगीले सही नसक्नु भए पनि
दलाल दंग भई हाँसिरहेछन्

नूर गिराउने स्वत्व बिकाउने
चाल छ अहिले स्वफूर्तहरुको
कोही मरोस् वा कोही बाँचोस्
काल छ अहिले भकुर्तहरुको

हाटहुट लाटलुट चाटचुटको
अहिले नीति छ झाट झूटको
संविधानविहीन हुन गए पनि
चुरीफुरी छ बर्तुतहरुको ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.