~तारा ज्ञवाली~
(१)
……..म प्रकृति ……….
गुरांशमा रंग भरें गुलाबमा सुवास छरें
हरियाली जताततै धरतीमा खास भरें
आकाशको खुला दिल, ऋतुलाई बसन्तमा
सबैलाई खुशी दिएं आफूलाई खै के गरें………
(२)
पात्र विनाको कहानी छ व्यथा छ म संग
आऊ तिमी सुन नविन कथा छ म संग
न देखें वर्ग प्रेमको न जात सम्बन्धको
शब्दहार भरि दिन्छु यहि जेथा छ म संग
(३)
गीत लेख्यौ गज़ल लेख्यौ कहानीमा मलाई लेख्यौ
शान्त थियो मनको तलाउ दिनदिनै चलाई लेख्यौ
एकै काँटी सलाईले नैं संसार जलाउंछ भन्छन
बेइमान गर्यौ फूल दियौ ह्रदय यो जलाई लेख्यौ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)