कविता : गोलमटोल र झोल

~मथुरा गौचन~

स्थिति छ अहिले गोलमटोल
जनताले भोग्नु परेको
सास्तीप्रति चिन्ता छैन
पार्टीहरु ठोसिकरहेछन् ढोल ।
गोलमटोल…

कोही चौटा लुछिरहेछन् त
कोही पिइरहेछन् झोल
यद्यपि चलिरहेछ परस्पर
बोलकबोल
गोलमटोल…

डफ्फेहरु एक ढड्डीका
अहिले हुन गएका छन्
कुरा भने समानताको गर्छन्
निष्पक्ष व्यवहार नचाही
गर्छन् सरकारमा पनि मोलतोल

जिसका लाठी उसका भैस
गर्ने ताक छ दलवालाहरुको
अखबारहरुमा वक्तव्य निकाल्ने
फोस्रो धाक छ मतवालाहरुको
यिनको लक्ष्य छ गर्ने गोल
गोलमटोल…

एउटाले अर्कोलाई छकाउन खोज्छन्
एउटाले अर्कोलाई फसाउन खोज्छन्
लुट खसोटै पनि चाहन्छ रोल
गोलमटोल…

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.