बोझ लाग्ने नलाग्ने सबै बोकेर जाऊ यादहरु
लापर्बाह छु भुल्न सक्छु बोकेर जाऊ यादहरु
होला केही मेरो पनि त पिरतिमा सानो योगदान
लैजाऊ लैजाऊ सबै नै भो माग्दिन केही भिख-दान
हक लाग्ने नलाग्ने सबै लिएर जाऊ यादहरु
किन ब्यर्थै म राखुँ अब ? लिएर जाऊ यादहरु
कैयौं पल मिठा बिते`थे सम्झिँदैमा मात लाग्न सक्छ
केही पल भोग्यौ नमिठा नभनेमा बात लाग्न सक्छ
मात लाग्ने नलाग्ने सबै पिएर जाऊ यादहरु
भै बेहोशी म ढल्न सक्छु पिएर जाऊ यादहरु
15- 03-2010
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )