~पुन्यराज पुडासैनी~
हाम्रो नेपालग्राम गाऊ एकदमै शान्त र सुन्दर गाऊ थियो | विबिध जात जाती र समुदायका मानिस हरुको बसोवास रहेको यो गाऊ नमूना गाऊ थियो | यस गाऊ को एउटा विशेषता के थियो भने जून सुकै काम गर्दा पनी सबै गाउले मिलेर एक मत निर्णय का साथ गार्डा थे , यही कारण ले गर्दा गाउले राम्रै ख्याति कमाएको थियो |गुरंग को रोधी मा बाहुनले मादल बजाउने , राइ को धन नाच मा मगरले सगुन तयारी गर्ने माझिको माघी मा क्षत्री ले कोसेली लैजाने ,मुस्लिम को रमजान मा हिन्दुले सहयोग गर्ने एकदमै सुन्दर थियो यो गाऊ |
हाम्रो गाऊ भन्दा तल्लो गाऊ जसले हामीलाई तिन तीर वाट घेरेको थियो त्यों गाऊ मा हाम्रो सबै किसिमका आर्थिक , सामाजिक , सांस्कृतिक ब्यवहार चलेको थियो | हाम्रा गाउका धेरै परिवार को बिहेवारी पनी चलेको थियो | हाम्रा जुनसुकै सेवा सुविधा हरु पनी त्येही गाऊ भएर मात्र आउने गर्द्थ्यो |तल्लो गाउमा मुखिया फेरिने बितिकै हामीलाई डर हुन्थ्यो विभिन्न किसिमका सर्त राखेर मुखिया ले हामीलाई दुःख दिने गर्दाथ्यो टार हाम्रो आफ्नो गाउको भूगोल ले गर्दा सुरुसुरु मान्नु सिवाय कुनै विकल्प थिएन वा भनौ हाम्रा मुखिया हरुले कहिले पनी यस वारेमा सोचेनन | हुदा हुदा हाम्रा गाउको मुखिया छान्दा समेत उनिहरुको इच्छा र चलखेल हुन थाल्यो |
सबै पसल , अस्पताल , इन्धन सुविधा उनिहरुको गाउको प्रयोग गर्नु पर्ने भएकाले हाम्रो गाऊ परनिर्भर भयो | हामी पनी यती अल्छि भयौकी आफैले उब्जाउन सकने अन्न तरकारी फलफूल पनी उनुहरू संगै किनेर खान थाल्यौ |हाम्रो गाऊ छिर्ने बाटो मा उनीहरूले चेकपोस्ट राखेर हामीलाई दुःख दिन थाले|हामीले हाम्रो गाउको भेला राखेर छलफल गा गर्यौ तर त्यों छलफल मा गाऊ बाड़ियो हामीले मानेका केही मान्छे ले उनीहरुकै गुणगान गाउन थाले जो उनिहरुको बिरुद्ध थिए उनिहरु पनी गाऊ बिभाजन हुने डर ले डराए |
हाम्रा सानासना कुरामा पनी उनिहरु हस्तक्षेप गर्न थाले | हामीले गाऊ सञ्चालन गर्न नियम बनाउन खोज्दा पनी अनेक बहाना मा दुःख दिन थाले | हाम्रा कही साथिहरु लाइ पनी उनीहरूले प्रयोग गरे | हामी सो नियम मार्फत गाऊ लाइ आत्मा निर्भर बनाउन चाहन्छौ टार उनिहरु सधै हामी परनिर्भर बनोस भन्ने चाहन्थे |यो प्रक्रिया अगाड़ी जादा हमरा केही साथिहरु माथि उनीहरूले आक्रमण गरे घाइते बनाए | जो साथी घाइते बनेका थिए उनिहरु ले पीड़ा भन्दा अत्मासम्मान ठुलो भन्दै उल्टो हामीलाई सान्त्वना दिए |अव उनिहरु निकै निक्रिस्ट रुपमा प्रस्तुत भये उनीहरूले बनाएको नियम लगाए मात्र हामीलाई चाहिने सामान दिने नत्र बाटो नै बन्द गर्ने बताए |आखिर बाटो बन्द गरे |
हामीलाई कही दिन बहुत गार्हो भयो |तर हाम्रा कुनै पनी गाउले को मुहार मा आत्मसमर्पण को भाव देखिएन | सबै भन्न थाले एक पटक दुःख सहर पनी भावी संतान को जीवन सुखी पारौ |हामीले दुःख अभाव का बिच उपायहरुको वारेमा सोच्यौ | सबैको एकमत थियो नझुकौ बरु केही गरौ |
हामीले अव जे छ त्यों सामूहिक गर्यौ अनी आगामी शालको खेती पनी सामूहिक गर्ने निधो गर्यौ | जून जून जमीं बाझो थियो त्यसमा खेती लगायौ | बाटो बन्द भएको पीडा कही समय पछि बानी मा परिणत भयो |तल्लो गाऊ अव हाम्रो यो निर्णय देखेर बहुलाउन थाल्यो | यस समय हामीले गोप्य रुपमा नून तेल जस्ता सामान पहाड़ फोरेर बाटो बनाई माथ्लो गाऊ बाट ल्याउन थाली सकेका थियौ |हाम्रा युवा हरुले पनी बिदेश छोडेर गाउको दुःख मा साथ दिन थालिसकेका थिए | जव एक वर्ष बित्यो हामीले बाली भित्रयौदा त खाना को कुनै दुःख रहेन तरकारी बढी हुन्थाल्यो |माछा मासु पनी पुग्न थाल्यो |
अनी हामीले माथ्लो गाउलाई अन्न दिएर एउटा बिजुली गृह बनाउने प्रस्ताव राख्यौ उनीहरूले सहयोग गरे | अव त हामीलाई मट्टी तेल पनी नाचाहिने भो |सामूहिक खेती बाट बचेको पैसाले हामीले होटल खोल्यौ बिदेशी पनी आउने क्रम सुरु भो |हामी सबै अव तल्लो गाऊ भन्दा सक्षम भैसकेका थियौ |यस बिचमा हामीलाई सामान बेच्ने तल्लो गाउका साहुहरू हामिसंग स्थान माग्न थाली सकेका थिए | धेरै समय माइती घर जान र आउने नपाएका दीदी बहिनी हरुले तल्लो गाउको बिरुद्ध आवाज उठाउन थाली सकेका थिए |
यस पछि तल्लो गाउले हामी संग माफी माग्यो गल्ती स्वीकार गर्यो |टार हामीले मानेनौ र हाम्रो गाऊ सम्म जोडने बाटो को सम्पूर्ण अधिकार हाम्रो हुनेछ भनेर समझौता गरे मात्र पुन सहकार्य हुन्छ भन्यौ उनिहरु बाध्य भएर माने |आज हामी विश्वमा नै नमूना गाऊ छौ | थोरै समय मा हामीले आत्मा सम्मान गुमाएको भाए सायद यो गाऊ नक्सा मा हुन्थ्यो की हुदैनथ्यो |
(स्रोत : Samaykoawaj)