~हान डोङ्ग~
अनु : केशव सिग्देल
बालक हुँदा उसले आफ्नो बाबुलाई सोध्यो
‘हिमाल पारि के छ?’
उसका बाबुले भने, ‘हिमालहरु’
‘हिमाल र हिमालहरु’
उसले कुनै शब्द निकालेन, तर टाढासम्म दृष्टि पुर्यायो
र पहिलो पटक, हिमालले उसलाई थकित बनायो।
उसले सोच्यो यो जन्ममा ऊ हिमालबाट बाहिर निस्कन सक्ने छैन
हुन त समुन्द्र पनि छ, तर धेरै टाढा
र ऊ अब केही जोडी दर्जन वर्षमात्र बाँच्नेछ
त्यसैले त्यहाँ पुग्नु अघि नै
आधा बाटो मै ऊ मर्नेछ
हिमालमा मर्नेछ
उसलाई लाग्यो अब आफ्नी वृद्ध पत्नीसँगै निस्क्नुपर्छ
ति वृद्ध पत्नीले उसलाई एउटा छोरो दिनेछिन्
र ऊ मर्ने समयसम्म
उसको छोरो हुर्किसकेको हुनेछ
र उसको छोरोसँग पनि एउटा वृद्ध पत्नी हुनेछिन्
र उसको छोराको पनि एउटा छोरा हुनेछ
र उसको छोराको छोराको पनि एउटा छोरा हुनेछ
त्यसपछि उसले सोच्न छाडिदिन्छ
छोराले पनि उसलाई थकित बनायो
Mountain People
हान डोङ्ग (चीन)
(स्रोत : Nepalikalasahitya)