~सीताराम नेपाल~
“बर्बाद हुन लाग्यो भनेर म कराएको करायै छु । तिमी भने कानमा तेल हालेर बस्या छौँ बाई ।”
रागिनी खराल अलि हडबडाई –“ऊ त आउनै लाग्यो । हाम्रो मोज गर्ने दिन जानै लाग्यो ।”
यो सुन्ने बित्तिकै –‘म यही दिन पर्खेर बसेको कति भैसक्यो ? तँ हुस्सुलाई के थाहा ?अब त कहाँ जालिस् मत्स्यमैयाँ मेरै सातौँ नम्बरको ढडियामा’मनमनै प्रशन्न हुदै बलवीर भ्लोनले आश्चर्य मानी टोपल्यो–“ अकस्मात किन अनमरिनु प¥या होला हगि !”।
“लौ न प्यारा केही त गर ?”
यो प्रेमको बेडा पार लगाउन अघि सर”–रागिनी छटपटाई ।
“हेत्तेरिका ! त्यो जोइटिङ्ग्रेलाई कुरैकुरामा कुइराको काग बनार उतै अड्याउन सकिनौ त ! जति सिकाए पनि तिमी त बाहुनी भएर नि घँगारुको लौरोजस्तो सोझाको सोझै ।”
“कति पटक अल्मल्याउनुु ? अहिले पनि अल्झाउन अनेक बिङ्गा कथेँ । तर सूर्यलाई हत्केलाले छेकेझैँ भयो । उसले पत्याउदै पत्याएन ।…..क्या फसाद ! पर्सि नै यता हिडने कुरा छ । सधैँका लागि मुन्टिने रे ! कति बस्नु तिमीजस्ती रूपौली प्राण प्यारीसंग बिछोडिएर, अरबको उखरमाउलो गर्मी खपेर, पन्ध्रबर्ष बसिसकेँ भन्छ । के गर्नु, हाम्रो प्रेममा सधैँभरि औँसीको रात पर्छ कि क्या हो ?”
बडो भाबुक हुँदै रुन्चे स्वरमा–“लौन भन्या ! मैले त केही विकल्प देख्न छाडेँ ।”
“के बलम्बुको भोग सकिएकै हो त ? तर तिमीजस्ता पैसावाल्नीलाई के छ र ? जतागए पनि मोजैमोज थपिदै जाने त हो नि । दुःख त हामीजस्ता निमुखाले न पाउने हो ।”
बलवीरको कुराले रागिनी जङगिई– “के रे के रे ? फेरि भन त !” क्षणभरमै लाडेपल्टदै– “फकाउने वेलामा –तिम्रो बूढोजस्तो हो र बिदेशमा तरुनीको सिरान हालेर तिमीलाई जुठोपुरोमा अल्मल्याएर राख्ने । तिमी भन न मात्र म त आकाशका जून तारा तिम्रा पाउमा झार्दिन्छु भन्थ्यौ । ऐले प¥यावेलामा भुसुना नमार्ने हौ कि । ह्याँ आफूलाई कस्तो डर लागिरा छ, मन पनि आगोले जसरी भत्भती पोलिरा छ ।”
“तिमीले पनि पहिले त ढाँटनु ढाट्यौँ नि । नारी जातिमा यतिविघ्न ढटुवा सायदै अरू होलान् । तिमीलाई उसैले एक एकथान जून र तारा उपहार दिइसकेको मलाई पछिसम्म थाहा थिएन ।”
“थाहै नपाइ तिमीले कुन सडका मोहनी लगाइ सकेछौ अनि तिमीलाई पाउन लमीलेझैँ अलि फुटानी लाइद्या थेँ । वितेका कुरा किन कोट्टयाइरा’ भन्या ? पछि एक जुनेली रातमा टह टह लागेको पूर्णचन्द्रलाई देखाउदै चन्द्रमाको टाटोले संसारलाई शीतलता दिए जस्तै तिम्रा सन्तानले तिमीसंगको प्रेममा मलाई उर्जा देउन् भनेका होइनौ र !? कति छिट्टै बिर्सेको भुलक्कड ! तैपनि फेरि म भन्छु –जे भयो सो भयो । हलेदो भनी जान्दाजान्दै किन कोट्याउन पर्छ र ? कमलामाईदेखि बलम्बुसम्मका मान्छेमात्र होइन, पशुपन्छी, बोटबिरुवा सबैले भन्छन् म तिम्रै हुँ भनेर ।”
“अरूले भनेर के गर्नु तिमीलाई दिनार ओछ्याउने लोग्नेको मायाँ लागेकै होला । ऊसंग दिनारको गद्दामा सुत्न पुग्या छैन होला ? म त के यसो खरखाँचोको खेतालो त हो नि । होइन र ?”
मनमा –‘पख् तँ मात्तिएकी छडुल्लीलाई मैले जान्या छु । सातौँ नम्बरमा दर्ज गरी साउदीमा पु¥याइ रियालमा नसाटी कहाँ छाडौला र ?’ भन्दै बलवीरले कटाक्ष ग¥यो ।
“हेर हेर भन्नपाइँ भन्दैमा कसरी मुटु छेडने गरी भनेको ?हैन आज तिमीलाई के भयो हँ ? बडो टेडो टेडो कुरा गर्छौ ।” मुखले यति भन्दै रागिनीको मन बोल्यो–‘आखीरमा यो बजिया आफ्नो औकातमा फेरि झ¥यो । यसको हैसियत त काम गर्ने केटो नै त हो ।’ अलि चर्को स्वरमा ऊ कडकी– “भो भो धेर बकबक नगर । धेरै बढ्ता हुदाँ ऐले मार्दिन्छु अनि ।”
केहीवेर रोकिएर अलि मिठो स्वरमा–“कर्मलालले जवानीको जोश जागर खर्लप्प खन्याएर कमाइ पठाको सबै सिरीखुरी तिम्रा पाउमा चढाएर नपुगी बहाना पारी पारी धुत्नुसम्म धुतेर पनि कस्तो नपुगेको ? कसरी त्यसो भन्न सकेको, यो लोग्नेमान्छेको जातै बैगुनी के गर्नु र ? ए बुद्धु ! उवेलाका जून र तारा त मेरा गलपासा भए । तिनैले त मलाई मायारूपी फलामभन्दा नि बलिस्ट साङलामा बाँधेर हलचल गर्न नसक्ने गरी जकडेका छन् नि । नत्र त पंछीजसरी तिमीसंग भुरूरू उडेर रमाइलो गर्न गै हाल्थेँ नि, कहिले चन्द्रागिरी, कहिले भिमान र कमलामाई वरपरको रनवनमा ।”
‘बल्ल लाइनमा आई । मलाई बुद्धु भन्छे देख्छे तोरीको फूल अनि को बुद्धु रैछ था’पाउछे भन्ठान्दै – “यी त मैले जन्माकी सन्तान हुन्, मेरा प्राणभन्दा प्यारा छन्, बरू प्राण त्याग्न सक्छु यिनलाई सक्दिन भन्थ्यौ त । यति छिट्टै कसरी मोहभङ्ग भयो ?”–बलवीरले फेरि छेड हान्यो ।
“जति प्रयाश गरे पनि यो छाती बाडिदो रहेन छ । प्रेम पनि नबस्नु बसेपछि फेबिकोलभन्दा ज्यादा टासिएर कलेजीमै घरजम गरी बस्ने रहेछ । तिमीले के ग¥यौ, के ग¥यौ, म तिमीप्रति अन्धी भएर एकोरिइरहेकी छु । तिम्रो मोहजालमा फसेपछि, दिनारले ल्याएको डाइटमा मोज गर्न पल्केपछि अर्काको बिउलाई जतिमायाँ लागे पनि मायाँ मार्नै प¥यो नि ।
अँ साँची त ! हाम्रो हिमचिमको तापले तिनलाई पनि पोल्न थाल्याजस्तो छ बाबै । तिमीसंग फोनमा कुरा गरेको, म घुम्न निस्केको तिनले निको मान्या छैनन् । आजकाल चूक घोप्ट्याएको अनुहार लगाइ भकुण्डो जत्रो गाला पारेर ठुस्केर बस्न थाल्या छन् बाई । उता टोलकाले कुरा काटेर खपीखानु छैन । हैन यी सबलाई के भाको होला बाइ !”
“ए कुरा त्यहाँसम्म पुगिसक्यो ?मलाई साच्चै चाहेकी हौ भने कर्मे आउनु अघिनै बलम्बुको पाचतल्ले पिल्लरे घर बेच्न तयार हौ । हतार ग¥यौ । हतारमा भाउचाँहि आउदैन नि । किन्ने ग्राहक म खोजौला ।”
यति भनेर बलवीर मख्ख परी मनमनै गुन्यो–‘अब तँ पनि फसिस नराम्रोसंग । मेरो कारोवारको सातौँ नम्बरमा तेरो नाम दर्ता हुने भयो । यसअघिका कमाउन बिदेशीएका लाहुरेहरूका श्रीमतीहरू कोरियन थेप्चे जाँते थिचाई खप्दैछन्, यौनदासीका रूपमा ।’– मनमा कुरा खेलाउदै बलवीर भ्लोनले पहिले फसाइएका लोभलाग्दा लाहुरेनीहरूसंग गरिएका मोजमस्तीका घटनाहरू र तिनीहरूबाट धुतेका एवं तिनलाई बेच्दा प्राप्त अकुत वोन(कोरियन मुद्रा) का ग्याटका थाकहरू मनमनै सम्झदै बोल्यो– “हाम्रो प्रेमलाई अजर अमर राख्ने हो भने त्यस्ता नाथे भावनाका साङला चुडाल्न सक्नु पर्छ । त्यति पनि नसक्नेले भविष्यमा आउनसक्ने चट्टानी समस्याको कसरी सामना गर्न सक्छौ ?”“तिमी आँटनमात्र, म धर्ती भएर सामना गर्न सक्छु ।”
“यदि घर बिकेत भने दुई सन्तानकी आमा भएर पनि परपुरुषसंग प्रेमको सल ओछ्याउन सक्नेले परेको बेलामा पछि फर्कन पनि सक्नु पर्दछ । उत्ताउलिएर अकासिएको प्रेमिल भावनालाई काबुमा राख्दै पछिका लागि जतन गरी सम्हाल्न पनि सक्नु पर्छ ।”
“यो अप्ठ्यारो परेको बेलामा कति साह्रो भनेको । घाउमा नूनचूक नदल न यारा, मेरा प्यारा”–रागिनी सुक्क सुक्क गर्दै कडकी– “ए ऽ घुच्चुके ! तिमी कुन संसारमा छौ ? कुन मनले ऊसंग बस्न सक्छु म ? तिमीले बिटुल्याएको मुख उसलाई कसरी देखाउँ मैले ?
तन, मन, धन सबै तिम्रै भैसक्दा पनि तिमी अझ त्यसो भन्छौ ?…..कमलामाई देखि बलम्बुका बासिन्दाले मात्र होइन, चराचुरुङ्गी र हावाले समेत–‘सम्पन्नताले ओइलाएको बैस पलाउने रैछ, बैसले मात्तिएका वेला नहुने कुरा के के हुने रैछ,’आँखा नदेख्ने रैछ,
होस् हराउने रैछ’ –भनेर हाम्रो प्रेमको गीत गाउन थालिसक्यो, छिटो ग्राहक खोज ।”
एकछिन सोचेपछि रागिनीले डर ओकली–“ हामी आफैँले जानाजान जरा काटेर खङग्रङ्ग सुकाएको रूखले छहारी देला भनेर कसरी कल्पना गर्न सकिन्छ र ? बरू बेलैमा भाग्ने सुर नकसेर लोत्रेकान लगार बस्ने हो भने ढल्न ठीक्क परेको त्यो बूढो खोक्रो रूख कुनै पनि बेला ढलेर हामीलाई एकै चिहान पार्नेछ । अथवा ऊ आइपुग्नु अगावै हामी दम्पच भएनौँ भने जिउदै माटोमुनि गाडिनु पर्ला, याद राख । उसले हामीलार्ई पानीमुनि गए पनि छाडदैन ।
…………………… ……………………..
कर्मलाल खराल घर आइपुग्दा उसको घर कौडीको मोलम बेचेर उसकी श्रीमती रागिनी खराल आफ्नै घरमा काम गर्न भनी राखिएको युवक बलवीर भ्लोनलाई टिपेर बेपत्ता भई ।
…………………………. …………………………………
रागिनीलाई भगाए पछि बलवीर भ्लोन झन् पौरखी भयो र ‘लाहुरेका श्रीमती फकाउने’ संजालको सक्रिय सदस्यबाट अध्यक्षमा उक्लियो ।
………………………… …………………………………
(कर्मलालको दर्दनाक वेदनाबाट जुरुक्क उठेका सिन्धुलीबासी र बलम्बुबासीको सतत् प्रयासबाट पक्राउ परेको बलबीर भ्लोनले प्रहरीमा दिएको बयानको लघुअङस)
(स्रोत : Nepalpati)