~कमला क्षेत्री ~
संघीयता भित्र्याई देश चिरेपछि के गर्छौ
सीमा मिच्दै बैरी नेपाल छिरेपछि के गर्छौ।
पूर्व पश्चिम तराईतिर अतिक्रमण बढीराछ
चारैतिर घेरी देशलाई पिरेपछि के गर्छौ।
उठ्नै पर्छ युवा वर्ग शान्ति ल्याउन यो देशमा
नेपालबाट शान्ति सधै फिरेपछि के गर्छौ।
स्वाभीमानी नेपाली हो नझुकाउ ठाडो शीर
नेपाली यो स्व्ााभीमान गिरेपछि के गर्छौ।
संघीयता भित्र्याई देश चिरेपछि के गर्छौ
सीमा मिच्दै बैरी नेपाल छिरेपछि के गर्छौ।
देउराली बेलुवा, नवलपरासी
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक १८ – २०६६ चैत्र ४ गते बुधबार)