कविता : कलम र मेरो जिन्दगी

~दिपेन्द्र घिमिरे ‘तरङ्गी’~

कलम तेरो मसीसँगै बगिरहेछ
मेरो आँसु
अबिरल नदीसरी
केबल, तलतलै
कहिल्यै नफर्कने गरी
कोही बुझ्दैनन् हाम्रो भावना ।

सत्य र शान्तिका निम्ति, सुख र सुविधाका निम्ति
हामी किन जुटिरहेका छौँ
किन उठिरहेका छौँ
हाम्रो केही सीप लाग्दैन कलम
ती मुखालेहरूले
हामीलाई टेर्दैनन् कलम
हामी चन्द्रमा पुग्दैनौं
सगरमाथा हामीदेखि टाढा छ
हामी सधैँ असहाय, टुहुराझैँ
गरिब र दुःखीहरू झैँ
पेलिरहेका छौँ
पछारिरहेका छौँ
किनकि, बडासँगको झुकाइ
यथावत छ कलम
तेरो र मेरो मर्म
पीडा र सङ्घर्ष
महान् सहिदहरूको सपना
तेरो मेरो आशा र जिन्दगी
उस्तैउस्तै छ कलम ।

-लमजुङ, चन्द्रेश्वर-१, दुराडाँडा ।

(स्रोत : मधुपर्क २०६७ मंसिर)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.