~पुष्कर लोहनी~
दिउँसो बाहिर जाने काम थियो, त्यसैले सबेरै नुहाइहालुँ कि भनेर बाथरुमभित्र पसेँ । दाह्री काटेँ । अनि बिस्तारै लुगा फुकाल्दै टपभित्र गएँ । धेरैबेर लगाएर आनन्द मान्दै र कल्पना गर्दै नुहाइ नै रहेँ । सम्झिँदै जाँदा आफूले चिनेकाहरुको अनुहारले नलघारेको पनि होइन ।
“कति बेर लगाएको ? दुई–तीन पल्ट भइसक्यो फोन आएको”
“नुहाउन लागेको छ भन्दिए भइहाल्छ नि ।”
“पत्याउँदैनन् के गर्ने मैले ।”
“कसको ?”
“नाम सोधेँ भन्दैनन् । भाउजू म बोलेको भन्छन् मात्र ।”
“स्वरले चिनिनौ ?”
“कति कुरा जानेको, खुरुक्क आए भइहाल्छ नि । सिद्धिएको छैन र ?”
“ल…ल…सिद्धियो ।” भन्दै बाथरुमको ढोका खोलेर बाहिर निस्केँ । त्यताबाट केही नहेरी डाइनिङ टेबुलमा गएर बसेँ । आलु ताछ्न लागेको देखेँ मीनालाई ।
“चिया बनाऊँ कि कफी ?” मलाई देख्नेबित्तिकै मीनाले सोधी ।
“एकदम तात्तातो दूध ।”
“कति जिस्किन सकेको ? अब पनि पहिलेको जस्तो उमेर छ र ?”
“पहिको कुरा किन गर्ने ? पहिले अर्कै थियो अहिले त अर्कै भएको छैन र ? पहिलेभन्दा अहिले तिमी झन् तरुनी बन्दै आएकी छौ नि ।”
“जहिले पनि तरुनीकै कुरा । कति चाहिएको होला अब पनि । त्यत्तिको काम छ भन्नु पनि पर्ने ।”
“कामले छेक्छ र ? तिम्रो पनि काम छैन र ? तिमीलाई पनि तरुनी बन्न किन मन लागेको त ?” जिस्किँदै मैले मीनालाई भनेँ— “उडाएर लगिदेला नि फेरि कसैले ।”
“मलाई कसैले उडायो भने तिमी चुप लागेर मात्र बसलाउ त ?”
एकनाससित मीनाको मुखमा हेरिरहेँ । मीना हाँसिरही । मैले पनि मुसुक्क हाँसें ।
“ल, म एकछिन बाहिर गएर आउँछु । केही लेराउनु त पर्दैन होला ?” भन्दै म उठेँ ।
“मलाई त धराने कालो सुँगुरको सुकुटीजत्तिको स्वादिलो कुनै सुकुटीको पनि लागेन ।”
“अब खोज्नुपर्ला चाम्रो सुकुटी कहाँ पाइन्छ भनेर ।”
“खोज्नु पर्दैन कसैले कसैलाई चाम्रो सुकुटी । बोकेको सुकुटी सम्झ्यो कि मरीमरी हाँस्न मन लाग्छ ।”
“घोडाको सुकुटी पाइन्छ रे । बाहिरैबाट आएको रे ।”
“ठमेलको कुनामा भनेजस्तो घोडाको सुकुटी पाइन्छ बुझ्यौ । एक घण्टाजति बस्यौ भने तात्तातै ग्रीलमा तयार पारेको सुकुटी पाइन्छ । जस्तो भन्यो त्यस्तै बनाइदिन्छ । नरम भने नरम । कडा भने कडा । ठिक्कको भने ठिक्ककै ।”
“तिमीलाई मन पर्ने कस्तो खालको त ।”
मैले हाँसेर भनेको मात्र के थिएँ मलाई लोप्पो खुवाउँदै मीनाले जङ्गीहाली— “तेरोजस्तो, बुझिस ?”
केही नबोली म बाहिर निस्केँ । ढोका बाहिर मात्र पुगेको थिएँ झ्यालबाट मीनाले चिच्याउँदै भनी— “आउँदा ठमेलबाट हार्ड चिज लेइदिनु है ।”
“के को ?”
“जेको पाइन्छ राम्रो त्यही ।” मीनाले हात हल्लाउँदै भनी— “अबेर नगर्नु नि ।” कफी लिएर ज्ञानु भित्र पसी । मुस्कुराउँदै कप–टेबुलमा राखिदिएपछि ज्ञानुले सोधी— “खाना के तयार पारुँ ?”
“हिजो राति मीनाले फोन गरेकी रै छ होइन ? भन्नु पर्दैन थियो ।”
“हो, गरेकी थिई । एक बजिसकेको थियो ।” ज्ञानुले हाँस्दै भनी ।
“किन हाँसेकी ? के भयो र ? म आएको कसरी थाहा पाई ?”
“मैले भनेपछि थाहा पाएकी ।” ज्ञानुले भनी ।
“नभनेको भए भइहाल्थ्यो नि ।”
“खूब मात्येकी छ अचेल मीना ।” जिस्किँदै ज्ञानुले भनी— “एक्लै भएँ आइज न भनेर मलाई बोलाउन थाली । के गरुँ गरुँ जस्तो भयो अनि मैले शोभा दिदी भरखर आउनु भयो भनिदिएपछि भैगो त मोरी भनेर गाली गर्दै फोन राखिदिई ।”
“विवाह गरेको कुरा मैले उहीँ सुनेको थिएँ ।” शोभाले सोधी ।
“जोसँग पनि विवाह गर्छे । एक–दुई महिना हुन्छ छाडिदिन्छे ।” ज्ञानुले भन्छे ।
“अहिले कोसँग छ त ?”
“भरखरको एउटा केटो समाएकी छ । उसैलाई घरमा राखेकी छ । मजाको मान्छे छ । अलिअलि दुब्लो । हँसिलो अनुहार ।” ज्ञानु भन्छे । “हिजो राति मलाई भन्नुपर्ने थिएन ?”
“यसो चियाएको थिएू कोठामा । हजुर लुगा फेर्न लाग्नुभएको थियो ऐनाअगाडि उभिएर ।”
“लाज नभएकी मोरी । कसरी हेर्न सकेकी ? म नाङ्गै भएको पनि देखिस् होइन त ?”
“दुवै हातले खेलाइरहेको पनि देखेँ । मलाई पनि खेलाउन मन लागेपछि कोठामा गएँ । भुसुक्कै बिर्सेछु मीनाले फोन गरेको कुरा भन्न ।” ज्ञानुले भनी ।
“तँलाई बोलाउँ कि जस्तो लागेको थियो । सुतिहोलिस् भनेर बोलाइनँ । बत्ती निभाएर नाङ्गै बस्न मन लाग्यो । एक पेग लिएर मस्तसँग पिइरहेको थिएँ मेरो आँखा अगाडिको घरमा परिहाल्यो ।”
शोभाले भन्न नपाउँदै ज्ञानुले भनिहाली— “राम्ररी देख्नुभयो होला ।”
फोनको आवाज आयो ।
“उठा, तैँ ज्ञानु । तेरै हो कि ?” शोभाले ज्ञानुको मुखमा हेरेर भनी ।
“हजुरकै होला नि । आएको थाहा पाए होलान् कुकुरहरुले ।”
“भुस्याहाहरुलाई त पन्छाउन सकिन्थ्यो होला । घोडाहरुले पो मारे । आउन पाएको थिइनँ दिल्लीबाट फोन आइहाल्यो ।” हाँस्दै शोभाले भनी— “यहाँका घोडाहरु कस्ता छन् कुन्नि ।”
“कम छैनन् ।” हाँस्दै ज्ञानुले भनी— “हेर्दै जानोस् । देखिहाल्नु हुन्छ नि ।”
“झन्डै बिर्सेको त्यो लामघारे थियो नि” हाँस्दै शोभाले भन्दै गई— “एक वर्षअगाडि दुई–चार दिन यहीँ बस्न आएको थियो नि । सर्बेको हो कि
तैंले ? दिल्लीमा हुँदा पो थाहा पाएको आफैंले गोली हानेर आत्महत्या गरेछ । रानभरि सास्ती दिँदादिँदै एउटी केटीलाई नै मारिदिएछ । अब त विश्वास गर्न पनि गाह्रो ।”
“चार–पाँच दिनअगाडि” बीचमा अड्केको जस्तो गरेर ज्ञानुले भनी— “दुई जना केटी हजुरलाई भेट्न आएका थिए । नभेटी नहुने भन्थे । मैले यहाँ हुनुहुन्न बाहिर गएको धेरै भइसक्यो भन्दा पनि पत्याउँदै पत्याएनन् । उल्टो एक–दुई दिन यहीू बस्छु भन्दा त मलाई डरै लागेर आयो ।”
“बसे त ?”
“कहाँ बस्न दिने ? गइहाल भनेर चिच्याएपछि एउटीले कागतमा लेखेर यो कागज शोभा दिदीलाई दिनु भनेर दिई । अर्कीले चाहिँ उहाँको फाइदाको लागि हामी त्यति टाढाबाट आउँदा पनि वास्ता नगर्ने । खूब आँखा तरेर मलाई धम्क्याउन खोजी । उता भएको भए घिसारेर मिल्काइदिने थिए्ँ, बुझिस् पो भन्थी ।”
“त्यस्तै हुन् तिनीहरु ।” शोभाले बेवास्ता गर्दै सोधी— “त्यो कागत कहाँ राखेकी छस् त ?”
“हजुरको सुत्ने ओछ्यानको बीचमा ।”
“जाने बखतमा के भनेर गए त ?” शोभाले हाँस्दै सोधी ।
“एउटीले चाहिँ ल ल ठीकै छ । शोभा दिदीलाई लिएर आउँला भन्दै कोठाबाट निस्की । अर्कीचाहिँले मलाई अँगालो मारेर त्यस्तै हो त्यसको बानी भनेर बिस्तारै मेरो छातीभित्र हात राख्दै सुमसुम्याउँदै ओठमा जिब्रो राख्न पुगी । मोरीले त ब्रेसियरभित्रै हात घुसारेर खेलाउँदै कति नरम रहेछ शोभा दिदीको खेलौना भनेर चारैतिर हातले दल्न पो थाली । मैले केही बोल्नै नसक्ने पारिदिई मलाई ।”
“जिब्रो त चुसेनन् हगि ?”
“मुखै खोल्दै खोलिनँ । कत्ति कोसिस गरी । हातले खेलाउनसम्म खेलाई । छोड्दै नछोड्ने हात त । त्यसको साथी बाहिरबाट गाली गर्न थालेपछि मात्र हात छाडिदिई । जाने बखतमा त मोरी के भन्छे थाहा छ ?” हाँस्दै शोभाको मुखमा हेरेर ज्ञानुले भनी ।
“तँलाई नै थाहा होला । मैले कसरी थाहा पाउने ? म थिएँ र तँसँग ?”
“होइन, कुरा पो गरेको । मेरो ब्रेसियर उसलाई मन प¥यो रे ।”
बाहिरबाट कसैले घण्टी बजाएको आवाज सङ्गीतमय स्वरमा रुमल्लिन थालेपछि गफ छाडेर ज्ञानु ढोका खोल्न पुगी । ढोकाबाहिर मीना र एउटा लोग्नेमान्छे ठिङ्ग उभिएको ज्ञानुले देखी ।
“मीना दिदी पो आउनुभएको रैछ ।” ठूलो स्वरले चिच्याउँदै मीनालाई अँगाले मारेर ज्ञानुले भनी— “भित्र जाउँ। शोभा दिदी एक्लै हुनुहुन्छ ।
मीना र ऊसँग आएको लोग्नेमान्छे बैठक कोठाभित्र पसे । मूल ढोका लगाएर ज्ञानु पनि बैठकभित्र पसेर दुवैलाई बस्न आग्रह गरी । आफूसँग आएको लोग्नेमान्छेलाई बैठक कोठैमा राखेर मीना बाहिर निस्की ।
“कहाँ लुकेर बसेकी छस् शोभा ?” कराउँदै मीना शोभा भएको कोठातिर पसी ।
ज्ञानु बैठकमै बसेर लोग्नेमान्छेलाई हेरि नै रही । दुवै मौन रहे ।
“कहाँ–कहाँ देखेको जस्तो लाग्यो ।” हँसिलो अनुहारमा लोग्नेमान्छेले सोध्यो ।
“तिमी भरत होइनौ ?” ज्ञानुले जिक्याउँदै भनी— “अलि गम्भीर भएछौ नि त ।”
शोभा र मीना हाँस्दै बैठकमै आइपुगे । शोभालाई देख्नेबित्तिकै उठेर भरतले नमस्कार ग¥यो । भरतको मुखमा हेरेर शोभाले हाँसी ।
“मैले भरखर बनाएको साथी ।” मीनाले परिचय दिँदै भनी— “दुई महिनाजति भयो भरतसँग मेरो घनिष्टता भएको ।”
“म शोभा” हाँस्दै शोभाले भनी— “मीना र म त के भन्ने खै । धेरै नै पुरानो साथी । नङ र मासुजत्तिकै । ऊ मलाई नभई नहुने मलाई ऊ नभई नहुने । छुट्टिनै नसकिने हामी ।”
“मीना छुट्टिनुपर्ने हो कि भरत छुट्टिनुपर्ने हो कुन्नि ।” सबैको मुखमा हेर्दै ज्ञानुले भनी— “शोभा दिदीलाई अप्ठ्यारो पर्ने भो ।”
“मीना, खाना यहीँ खाए हुँदैन ?” शोभाले सोधी ।
“हुन त हुने हो” भरतको मुखमा हेर्दै भनी— “भरतलाई एक ठाउँमा बोलाएका छन् । के त भरत ? के गर्ने ?”
“खाना खाएरै गए भइहाल्छ नि । बेलुकातिर मीनालाई लिन आउन मिल्दैन र ? नभए मै पु¥याइदिउूला ।” शोभा भन्छे ।
“जे गरे पनि हुन्छ ।” मीनाको मुखमा हेर्दै भरत भन्छ ।
“लौ त ज्ञानु अब ठीक गर्नेपट्टि लाग ।” शोभा भन्छे ।
“के पकाउने ?” ज्ञानु सोध्छे ।
“अरु जे जे पकाउन मन लाग्छ पका । हिजो मैले ल्याएको माछाचाहिू म आफैं पकाउँछु ।” शोभा जिस्किँदै भन्छे— “गजबको माछा छ । खूब स्वादिलो ।”
“सम्झिन्छेस् ? एकचोटि कैले हो हामी माछा किन्न जाँदा बूढाले देखाएको आफ्नै माछा ? म त थचक्कै उठ्नै नसकेको ।” हाँस्दै मीना भन्छे— “अहिले पनि त्यो बूढोलाई सम्झ्यो कि त्यसैको माछामा मेरो आँखा जान्छ ।”
“यस्तै छ मीनाको ताल । खूब हाँस्नुपर्छ यसलाई । माछा भनेपछि त हुरुक्कै हुन्छे । काँढा नभएको कमलो माछा चाहिन्छ ।” शोभा हँसाउँदै भन्छे— “लाज नभएको बूढो । लामो तुङरुङ्ग हल्लिएको ।”
“बूढीहरुले त ‘छ्या’ भनेर हललाइदिूदारहेछन् ।” जिस्किंदै ज्ञानु भन्छे ।
“बौलही बूढी देख्यो भने त हत्तरपत्तर छोप्दोरहेछ । ढुङ्गाले हिर्काउँदी रहिछ । टोकरीबाट माछा टिपेर त्यसैलाई हिर्काउँदिरहिछ ।” शोभा ज्ञानुको मुखमा हेर्दै भन्छे— “यस्तो गफ गर्न लाग्यो र सुन्न थाल्यो भने त दिन गएको पत्तै हुँदैन ।”
“ज्ञानु, फ्रिजमा बियर छ ?” भरतको मुखमा हेर्दै मीना भन्छे— “अलिकति खाए हुन्न ? मलाई खान मन लाग्यो ।”
“जत्ति भने पनि छ ।” हँसाउँदै ज्ञानु भन्छे । “ल, माथि कौसीमै गएर खाउँ । सुकुटी साँध । अलिकति प्राउन र चिज सघैं छ ।”
शोभा उठ्दै भन्छे— “जाउँ माथि कौसीमा । रमाइलोसँग खुला आकाश हेरेर खाउँ ।”
मीनाको मुखमा हेरेर भरत उठ्छ ।
कुरा बुझेर हो कि केले हो भरतको मुख हेर्दै शोभा भन्छे— “आज आउन मिलेन भनेर फोन गरिदिए भइहाल्ला नि ।”
“विशेष त केही होइन । दुई–दुई पल्ट भो ढाूटेको । मेरो पुरानो गर्ल फ्र्येन्डको बाबु । खूब माया गर्छ मलाई आफ्नै छोरीजस्तै ठानेर । हार्नै सक्दिन म उसले भनेको ।” लजाउँदै भरत भन्छ ।
“गएर आउन त ।” हामी पिउँदै गर्छौ ।” भरत सबसँग बिदा मागेर जान्छ । तीनै जना माथि कौसीमा जान्छन् । राउन्ड टेबलमा बसेपछि ज्ञानुले भन्छे— “लेराउँ त ?”
“वाइनै खाए हुन्न त ?” मीनाको गाला समाउूदै शोभा भन्छे— “कति लोभलाग्दो गाला यो मोरीको ।”
ज्ञानु हाँस्दै निस्कन्छे कौसीबाट ।
“त्यो ज्ञाने मोरी गाला समाउनै दिन्न । खाएको सुरमा च्याप्दै गालै टोकिदिन पुगेछु । भोलिपल्ट बिहान पो सुन्निएर कत्रो भएको । दाँतको डामै । आफैंलाई लाज लाग्यो ।” शोभाले जिस्क्याउँदै भनी— “भरतेले कुन दिन च्वापच्वाप्ती स्वाद नलेला त ?”
“दिल्ली गएपछि त झन्झन् मस्किन पो थालिछस् ।” मीना हाँस्दै भन्छे । “तैंले छाडेकोले त झन् एकछिन पनि छाड्दैन । खाएको सुरमा फेला परियो भने त ओछ्यानमै मरिरहेको पनि हुन सक्छ ।”
“ज्यादै नै भएकोले नै छाडेको हुँ नि । माया यत्ति गथ्र्यो के भनुँ । आफ्नो शरीरले नै थाम्न नसकेपछि के गरुँ । दुई–तीन जनासँग सजिलैसित रात बिताउन सक्ने भएपछि नछाडेर के गरुँ ? माया त लाग्छ । अनुहार सम्झिरहन्छु । मात्तिएर समाउन आएपछि त घोप्टो परेर रुनुसिवाय अर्को उपाय नै मेरो निम्ति थिएन ।”
स्न्याक्सहरु लिएर ज्ञानु आइपुग्छे । टेबुलमा सबै चिजहरु फिँजाएर राखेपछि फेरि भित्र पस्छे । वाइन, बियर र ड्रिङ्कको साथसाथै गिलासहरु समेत टेबुलमा सजाउन थाल्छे ।
“के खाने ?” ज्ञानु हाँस्दै सोध्छे ।
“के खुवाउँछेस् ? तैं भन ।” मीना जिस्किँदै भन्छे— “झोलै हो खाने । जसको खाए पनि फरक नै के पर्ने हो र ?”
“भरत त आउँदै आएन ।” ज्ञानुको मुखमा हेरेर शोभा भन्छे ।
“प्रकाशकहाँ गएपछि” हाँस्दै ज्ञानु भन्छे— “रात परिहाल्छ नि ।”
“खै त तैंले रात पार्न सकिनस् ।” मीनाको मुखमा हेर्दै शोभाले भन्छे— “अलि भएन मीना, तँलाई सुहाउँदो त उही नै हुन्छ । भरतलाई छाडी दे । शोभाले भनेकी थिई भनेर पछि सम्झनुपर्ला ।”
“कुन हालुँ ?” सिसी उठाउँदै ज्ञानु सोध्छे । “तँलाई जुन हाल्न मन लाग्छ त्यही हाल ।” शोभा हाँस्दै भन्छे ।
“रेडलेबल ।” “तीनै जनालाई रेडलेबल ।” शोभा भन्छे ।
“तीनवटा गिलासमा रेडलेबल खोलेर ज्ञानु हाल्दै जान्छे । नजिक नजिक गिलास राखिसकेपछि ज्ञानु सोध्छे— “के हालूँ ?” “जे मन लाग्छ त्यही हाल ।” ज्ञानुको मुखमा हेरेर शोभा हाँस्छे ।
“मलाई त पानी” मीना भन्छे ।
“मलाई त घोडा ।” शोभा भन्छे ।
“म त केही नहालीकनै खान्छु ।” ज्ञानु भन्छे । किन हो कौसीबाट दौडेर ज्ञानु भित्र जान्छे ।
“ग्याँस निभाउन बिर्सी कि ओभन निभाउन बिर्सी । त्यसरी दौडेर जान्न थी ।” शोभा भन्छे । “शोभा एउटा कुरा थाहा छ तिमीलाई ?” मीनाले उत्सुकता साथ सोध्छे ।
“के ?”
“कसले हो ज्ञानुलाई पेट बोकाइसकेको छ ।” मीना भन्छे ।
“मेरो घरसँगैको बूढोसँग जिस्किन त जिकिन्थी । कहीं भरत त होइन ?”
हँसिलो मुख पार्दै ज्ञानु भित्र पस्छे ।
“भरत पो आएको रहेछ ।”
“दिउँसै रेडलेबल सबैले ? ल ज्ञानु मलाई पनि रेडलेबल ।” भरत पनि हाँस्दै भन्छ ।
(स्रोत : श्री रुपरेखा)