गजल : बसाईं

~सुवास कोइराला~

अब त त्यो गाउँको माटै बसाइ सर्छ होला ।
शहर पसे बटुवा सब बाटै बसाइ सर्छ होला ।

पसिना र पाखुरी सब मुग्लान तिर बिक्रि भए ।
खेती गर्न मान्छे खोज्दै फाँटै बसाइ सर्छ होला ।।

बाँझै भए पाटा बारी उजाड झै लाग्छन् सबै ।
अब त हली खोज्दै पाटै बसाइ सर्छ होला ।

ओच्छ्यान बाट बुढा बाबु खै छोरो भनिराछन् ।
अब त छोरो खोज्दै खाटै बसाइ सर्छ होला ।

मान्छे म¥यो भने यहाँ मलाम जाने छैन कोही ।
लास खोज्दै खोज्दै अब घाटै बसाइ सर्छ होला ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.