~विचित्रा रार्इ~
जो पनि झिट्नै खोज्ने बा !
ढाँटी, छली, तर्साइ धम्कार्इ
आफ्नो विशेषता देखार्इ
जो पनि रेट्नै खोज्ने बा !
नैतिकता पुरानो आदर्श भइसक्यो
भनेर म्याद पनि गइसक्यो
मानेर स्वतन्त्रता निर्लज्जता
जो पनि लुट्न खोज्ने बा !
परमेश्वरझैं ठानी पैसा
यसबाटै गर्दै एेसा वैसा
सोझो हुनु अभिशाप सम्भिmइ
जो पनि जित्नै खोज्ने बा !
परिणाम परवाहै छैन
उपद्रबिना वाह वाहै छैन
पछि परन्तुको नगरी वास्ता
जो पनि डट्नै खोज्ने बा !
हाटहुट लाटलुट साँटसुट गर्दै
जो पनि ढाँट्नै खोज्ने बा !
(स्रोत : श्री रुपरेखा)