~सुगम शाही~
रातो वस्त्र लगाएर
सोझासाझाकन तर्साएर
बर्बरहरुलाई उकासी
रजाइँ गर्न खोजिरहेछन्
धूर्त अधमहरु
लुट खसौटको नीति
खोज्छ तोड्न संयमको रीति
बदनाम वादहरुको पारी
मपाइँ दर्शाइरहेछन्
मूर्ख बेरहमहरु
हाहाहूहूको भरमा
फैलाई आतंक घरघरमा
स्वनामधन्य हुन खोजी
निर्लज्जता प्रदर्शन गर्दाछन्
अन्ध अहमहरु ।
न छ स्वदेशको यिनमा ध्यान
न छ गौरवकै पहिचान
हुर्दुंगेपन देखाएर
सम्मानित हुन जमजमाइरहेका पाइन्छन्
अगडम बगडमहरु ।
(स्रोत : श्री रुपरेखा)