कविता : देश

~नवराज लम्साल~Nabaraj Lamsal

आज पनि बिहानै
यात्राको एउटा बस
घुम्न नपाउदै घामको कलिलो चुम्बन
धुँवाधुँवा भएछ !
डढेको दुवै हर चिस्याउदै
दुधे बालिका
फूलमा अडेस लागेकी छिन्
ढुंगा भएको छ उनकी आमाको मन
मन ढुंगा भएपछी
दुध पग्रदो रहेनछ
आँसु पिइरहेछिन बालिका
नजिकै खोलो बगिरहेछ बारुद बगाएर !
बस जलेको धुँवा फैलिएको बनमा
गणतन्त्रको नयाँ भाष्य बन्दैछ
अल्लिपर ठुलो दरबारमा
एकादेशका राजा
नातिको राजयोग देखाउदैछन ज्वातिषिलाई

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.