~लक्ष्मी प्रसाद देवकोटा~
दिल कचौरा यो उचालौं खान्छु हीरा मर्न देऊ
रित्तो कर को यो भिखारी बर्छ आँशु झर्न देऊ ।
एक निलमको छ ढोका जो कुवेरको द्वारमा
हीरा ढुकुटीबाट एउटा दाना केवल झर्न देऊ ।
फूल जस्ती कोमलको छैन दिलमा के दया
जिन्दगी भो प्यास रित्तो एक थोपा पर्न देऊ ।
जिन्दगानी यो छ बादल कालो रङ्गको छेउमा
मार्चउ भन्ने रोगीलाई चट्ट भर भनी मर्न देऊ ।।
(स्रोत : रेडियो नेपाल – झंकार पत्रिका २०५० – सम्पादक : ज्ञानुवाकर पौडेल)