~दीपेन्द्रसिंह थापा~
आँखामा त केके बसे मनमा तिमी बस्यौ
फूलभित्र सुवासजस्तै नदेखेरै पस्यौ,
अँध्यारोमा हराउँदा जून पाएजस्तो
शून्यतामा अनायासै धून छाएजस्तो,
नसोचेको नदेखेको सुख बनी खस्यौ
फूलभित्र सुवासजस्तै नदेखेरै पस्यौ ।
बग्दाबग्दै दुइटा खोला एउटै भएजस्तो
हिंड्दाहिंड्दै दुइटा बाटो एउटै भएजस्तो,
नपाएको नभोगेको खुसी बनी खस्यौ
फूलभित्र सुवासजस्तै नदेखेरै पस्यौ ।
००
(स्रोत : Tarunkhabar.com)