कविता : फूलको परागसेचन

~तीर्थ संगम राई~Tirtha Sangam Rai

धुपि सल्लाको बोटहरुमा
बशन्तले हात हल्लाई रहदा
लाली गुराँसहरु मुस्कुराई रहेका छन् ।

तर
राष्ट्रिय बिभूति बोकेको
लाली गुराँस हिजो आज
दन्त्य कथाको पात्र बनेर
किराँत प्रदेसका पाखाहरुमा
पाठ्क्रमका पानाहरुमा
चिप्किएर ईतिहास बनेको छ ।
र अस्तित्व बिहिन भएको छ ।
गुराँसका दर सन्तानहरुले
मानिसका आवश्यकता बनेर
सदियौं देखि हरेक काल खण्डहरुमा
अमूक सहिदहरु जस्तै
कहिले चुल्होको दाउरा बनेर
कहिले घरको ७३डठज्ञण्सयाल ढोका बनेर
ज्यानको बलिदान गरीरहेका छन्
ए गुराँस तिमीलाई दुःख लाग्दैन २< प्रशव पीडाको अनुभुति सगै कति गर्छौ परागसेन भो अब छाडि देउ तिम्रो जवानी नै अंकुराउन नपाउदै पिपाशु पुतलीहरु लोभी भँमराहरु आवेग र उल्लास सँगै तिम्रो सम्मुख आईरहेकाछन् । अनि ूधमिल्यान खोज्दैछन् तिम्रो सुन्दरता । सम्भोग बिथोल्दैछन तिम्रो उद्गमता ॥ लोभी भँमराहरु/पिपासु पुतलीहरु …॥२ ूतिम्रो सौन्दर्यताको बयान गर्दा ू २ थाक्दैनन् मेरा यी अधर तिम्रो हरेक थुङ्गाको रसस्वादन गर्दा तृप्त हुदैनन् मेरा यी नजर तर तिमी कति लाचार छौ । हे प्रकृतिको सुन्दर फूल ! तिमी कति लाचार छौ कहिले शीर माथि ताज बनेर सजिएकी हुन्छौ । कहिले पयर मुनि दास बनेर लडिरहेकी हुन्छौ । तिमी अझै गछौ परागसेचन २ सायद तिमीलाई फूल हुनमा अचम्मै गर्व होला । आफ्नो जवानी छताछुल्ल पोखाएर सेचन गर्न लाज र सर्म नहोला । तर त्यसो हैन फुल म त भन्छु तिमीले अस्तीत्वको लडाई लड्नु पर्छ अब बैसाखमा मात्र हैन शरदमा पनि फूल्न पाउनु पर्छ अब भीर पाखा र खहरेमा मात्र हैन समथर मैदान र गह्रा भरी थरिथरी रङ्गमा फूल्न पाउनु पर्छ अब तब मात्र तिम्रो पराग सेचनको पुर्ण अर्थ लाग्नेछ । किनकी यो तिम्रो नैश्वर्गिक अधिकार हो फूलको पराग सेचन ॥२ पुरुष प्रधान हाम्रो समाजमा सम्भोग देखि समाधिसम्म पुरुषहरु कै हालि मुहाली हुने गर्छ हे फूल ! तिमी त हाम्रो समाज भन्दा निक्कै भिन्न छौ नि हैन तिमीलाई एउटा प्रश्न गरुँ हैं तिमीहरुमा पनि यो विभेदको निति लागु हुन्छ यसो हो भने खबदार आजैबाट सुघार गर रति कि्रडा र कार्य बिभाजन समावेसी बनाऊ आफुहरुलाई ूयहाँ सदनमा ३३ प्रतिशत मागि सक्यो नारीहरुले । २ मत भन्छु तिमीहरु ३३ प्रतिशत हैन ५०/५० आधा आधा बनाऊ किन भने आधा आकाश नारी हुन भने आधा धर्ति दिन किन कन्जुस्याई ूतिमी त फूल हौ यो प्रकृतिको सुन्दर फूल तिमीले चुनौति दिनु पर्छ पराग सेचनलाई सहि उपयोग गर सुन्दर सोचको उपज सुन्दर नै हुन्छ त्यसैले म सुन्दर फूलको सुन्दर पराग सेचन हेर्न लालायीत छु । २ हे फूल म व्यग्र छु तिम्रो कामुक यौनको पराकाष्ठ फूलको पराग सेचन … २ ~तीर्थ संगम राई
स्यामुना
लेटाङ्ग—७, मोरङ्ग
हाल—दोहा, कतार

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.