~नारायण गाउँले~
अझै विश्वास भत्काउने प्रयास बाँकी छ
उठ्नुपर्छ गर्न अझै खास बाँकी छ !
साम्राज्य त ढलेको छ अँध्यारोको तर
मिर्मिरेमा घाममाथि त्रास बाँकी छ !
खेलभित्र अझै अर्को झेल हुनसक्छ
शकुनिको हातमा अन्तिम तास बाँकी छ !
तिमी शिर उठाएर बाँच्ने कुरा गर्छौ
मान्छेभित्र खुट्टा चाट्ने प्यास बाँकी छ !
अटाउन सकून् जहाँ सारा मान्छेहरू
बनाउन समताको वास बाँकी छ !