~श्याम राज रानाभाट~
किन आँखा राता बिहानै बिहानै !
पियौ कि मदिरा बिहानै बिहानै !!
के थियो र त्यस्तो पिडा मन भित्र !
गयौ मधुशाला बिहानै बिहानै !!
सखिले करैले पिलाएको भन्छौ !
बनायौ बहाना बिहानै बिहानै !!
जति बोल झुठो तिमीले म संग !
साँचो बोल्यो आँखा बिहानै बिहानै !!
(स्रोत : Rescuenewsonline)