~मनोज न्यौपाने~
वर्षौवर्ष अघि मैले
मनलाई मैन बनाएँ
र, लेखेँ त्यसमाथि तिम्रो नाम
मैन न हो, पग्लियो
र, मेटियो तिम्रो नाम ।
त्यसपछि मैले मनलाई पत्थर बनाएँ
र, कुँदेँ त्यसमाथि तिम्रो नाम
वर्षौ भो, कविको कविता जस्तै
जस्ताको तस्तै छ तिम्रो नाम ।
शायद यसैकारण टिक्दैनन्
हाम्रा प्रेमगीतहरु
जसलाई हामी मैनका अक्षरले लेख्छौँ
र, ती छुट्टै आँसु बनेर पग्लिन्छन् ।
(स्रोत : Tarunkhabar.com)