~राजेश नेपाली~
उठ्नै पर्ने भयो फेरि राताराता झन्डा बोकी
रोकिंदैन पदचाँप अब जनताको कोटीकोटी
हातमा हात जुटाउँदैछन् अब यहाँ जनताहरु
तह लगाउन हिंड्नेहरुलाई झुटो नाराहरु खोली
थोपा रगत रहेसम्म हामी अघि बढिरहन्छौं
खन्डखन्ड हुन दिन्नौं संघीयतालाई रोकी
संघीयताविरुद्धको हाम्रो रातो झन्डा मुनि
आऊ सबै सामन्तलाई शब्दको बाण ठोकी
खाँचीकोट–२, अर्घाखाँची
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ११ – २०६६ माघ ०६ गते, बुधबार)