कविता : मेरो गाऊं, बसन्त र नयाँ बर्ष

~भुवनेश्वर शर्मा~

कौडेको लेकमुनी
मेरो सानो गाऊं छ |
डांडामथिको मेरो गाऊंबाट
सेताम्य हिमाल देखिन्छ |

बिहानीको नीलो आकाशमुनि
पहिलो घामको किरनले,
मेरो गाऊलाई शुन्दर पार्छ |
मेरो ग्वाघा गाऊंको सिरानमा,
गुरांसको जंगल छ |

बसन्त ऋतू र नयाँ बर्षको संगममा
मेरो गाऊको सुन्दरता
बर्णन गरी नसक्नुको छ |
नया बर्षमा दक्षिणी गोलार्द्दबाट
सबैलाई सुभकामाना छ ||

(स्रोत : INLS – australia)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.