कविता : राष्ट्रनायकको आवश्यकता

भीमबहादुर कँडेल

आउनैपर्ने भो राजा ल्याउनैपर्ने भो
हिन्दू राष्ट्र जोगाइराख्न ल्याउनैपर्ने भो
विश्व चर्चित हिन्दू राष्ट्र हाम्रै नेपाल हो
उठ जाग राष्ट्रभक्ति देशका सपुत हो ।

पृथ्वी ती नारायणले सब्को भलो गर्दै
टुक्रा टुक्रा राज्य थिए एकीकरण गर्दै
आउनुस् राजा बाहुबलको कदर गर्नैपर्छ
देशबासी जनता सबको आँसु पुछ्नैपर्छ ।

यो देशमा क्रान्तिकारी राजा महेन्द्र थे
गरिबलाई भूमिसुधार लागू गरी दिए
यही कायम होस् भनी जोताहा दिलाइदिए
साहूले खाका बन्दगी निसिद गरिदिए ।

किसानलाई साझा संस्था वीरेन्द्रले ल्याए
उन्नत बिउ मल कृषि औजार सरल पारे
बहुदल आई साझा संस्था डाँडै कटाए
समयमा छैन बिउ मल कृषिक रुवाई ।

स्वर्ग जस्तो सुन्दर नेपाल टुक्र्याउनै आँटे
हिन्दू धर्म संस्कृतिलाई साफै पारी छाँटे
विकृतिले चरमचुली नाघ्ने बेला भो
देशका जनता सबै आपत पर्ने बेला भो ।

उत्तरबाट झिमिकझिमिक दक्षिण कट्के आँखा
यी दुई मिली नेपालीलाई लाउनै आँटे पाखा
देशभक्त मातापिता जुट्नैपर्ने भो
दाजुभाइ दिदीबहिनी उठ्नैपर्ने भो

कोही काखा कोही पाखा हुनुहुन्न भन्ने
देशका जनता सबैलाई आफ्नै रुप ठान्ने
सबै मिली राष्ट्रनायक ल्याउनैपर्ने आज
राष्ट्र धर्म जोगाउन चाहिन्छ है राजा ।

राप्रपा नेपाल क्षेत्रीय अध्यक्ष, क्षेत्र नं. २,
सिद्धकाली गाविस–३, संखुवासभा

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.