~नवराज भुजेल “राज”~
जति हेर्छु तिमिलाइ उति राम्री देख्न थालें
त्यसैले त माया प्रेमको गजल लेख्न थालें
¤¤ केहि शब्द जून बाट केहि राग धुन बाट
तिमिमा त सारा ति शब्दभन्डार भेट्न थालें
फूल शुवास त्यो शुन्दरता त्यहि साहित्य भो
भाव बनि तिमि आयौ परेली ले छेक्न थालें
प्यासी किन बनुं म तिमि एक महासागर
तिम्रै प्रेमिल पिएर तिर्सना यो मेट्न थालें
यति खुसि भा’को छु म बर्णन असम्भव छ
कलेजीमा चोट थियो मायाले नै सेक्न थालें
नवराज भुजेल “राज”
दोर्पा चिउरी डाँडा ४ बुवासुङ्
खोटांग दिक्तेल सगरमाथा