कविता : चार मण्डली

~बिच्छिमान नकर्मी~

व्यापक भएझैँ लाग्छ अहिले
दलीय रुपमो चार मण्डली
यद्यपि भन्न सकिन्न यिनलाई
उपद्र रच्ने गैभार मण्डली ।

मुखले यता देश र जनताको
हितको कुरा गर्ने
कामले भने
देश र जनहितविरुद्ध लाग्ने
देखिन लागेका छन् अहिले
अनेक ढंगका अवतार मण्डली
संघशक्ति कलौ युगेलाई
साकार पार्दै
अनेक कचिंगल उब्जाई
झोला भर्दै
निर्लज्जतापूर्वक
खडा हुँदा छन्
दलकारी व्यवहार मण्डली
स्वतन्त्रताको बहानामा
मनपरी काम गर्ने
सहृदयता देखाएझैँ गरी
थुकको आँसु झार्ने
प्रगतिशील भई यताउता
देखिँदा छन् अनेकन् कार मण्डली
दलीय रुपका चार मण्डली

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.