~जे.बी. शेर्पा ~
नील गगन !
फुलहरुको मेला !!
तिम्रो संझना !!!
वसंत याम !
चराहरुको गीत !!
मेरो पुकार !!!
शीतल हावा !
देउराली भंज्यांग !!
तिम्रो पर्खाई !!!
गोधुली सांझ !
घर फर्किने लर्को !!
हाम्रो मिलन !!!
०१ डिसेम्बर २००८
जाङबु (जे.बी.) शेर्पा
एंटवर्प , बेल्जियम