~बिकुबाबु खत्री~
त्यत्तिका मान्छे सहिद भएर पनि
के नै पो लछा-यो ?
जबकि अनियन्त्रित महँगीको सिकार
जनता भइरहेछन्
र भविष्य अनिश्चित देखिरहेछन्
कल्ले के पो सुधा-यो ?
कविहरु तम्सिएर
सडकमा कविता वाचन गर्दैमा
के नै पो लछा-यो ?
जबकि हुल्याहामुल्याहा फटाहाको
रजाइँ यहाँ चलिरहेछ
कल्ले पो पर्दा यहाँ उघा-यो ?
प्रगतिशील सिद्धान्त भनी
पार्टीहरुले अनुशरण गरेर पनि
के नै पो सुधा-यो ?
के नै पो लछा-यो ?
जबकि रातो दिन
कचिंगलै मात्र बढिरहेछ त
कल्ले पो दुःख दैन्यलाई लघा-यो ?
के नै पो लछा-यो ?
(स्रोत : श्री रुपरेखा)