निदरीमा झस्किरन्छु के हुन हो राजै ?
निष्ठुरीको जालमा परेँ मेटिएन यादै
मन भित्र बस्नेलाई निकाले त आजै
हुन्थेन कि यस्तो हाल मन भए सादै
माया मात्र पनि हैन जिन्दगानी हाम्रो
दु:ख केही झेल्नै पर्छ ज्यूनलाई राम्रो
बुझे पनि सबै कुरा भुलेँ काम काजै
निष्ठुरीको जालमा परेँ मेटिएन यादै
भागुँ भन्छु पीडा भुली दूर कुनै देश
सम्झनामा आइहाल्छ बदलेर भेष
लाग्छ अब घेरिएँ म वेदनाको माझै
निष्ठुरीको जालमा परेँ मेटिएन यादै
=====================
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )