कविता : पद र प्रतिष्ठाको मोह

~अजय पाण्डे~

पद र प्रतिष्ठाको लोभले
मान्छेलाई कपटी बनाइरहेछ
एउटाले अर्कोलाई गिराउने
अनेक जुक्ति सिकाइरहेछ ।

सिद्धान्त त यस्ताको गुमिसक्यो
केवल छ बहानामा मात्र
आफू असल भनाउने
केवल छ चाहना मात्र ।

आपसको इष्र्या क्षोभले
मान्छे विरुप बनाइरहेछ
इमानदारी भन्ने कुरा
उहिलेको उखान गराइरहेछ ।

यस्तो स्थितिमा समझदारले
होसियार भई चल्नु छ राम्रो
हित र अहितको ख्याल गरी
आफूलाई नियाल्नु छ राम्रो ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.