कविता : के आशा गर्ने ?

~नुरा इस्लामी~

जसले हितचिन्तक सज्जनहरुको
पर्वाह नगरी
दुष्ट र भुच्चुकहरुलाई उकास्यो
तोडफोड र उपद्र गराई
बने बनाएको सबै बिनास्यो
त्यस्ताबाट
स्वदेशको हित होला भनी
के आशा गर्ने ?
कसरी यिनको भर पर्ने ?

स्वाधीन बनेर
उन्नतितिर लम्कन चाहनेहरुलाई
अन्तैका साँढाहरु हुलेर
जसले हतोत्साही यहाँ गरायो
त्यस्ता मूढान्धहरुबाट
विवेकपूर्ण व्यवहार होला भनी
कसरी विश्वास गर्ने
कसरी ढुक्क भएर बिचार्ने ?

अहिले त यहाँ
चर्को शुल्क र महँगो मालले
सबलाई बेहाल गराएको छ
व्यवसायीहरुको रजाइँ चल्दा
दिन प्रतिदिन हरकंगाल भएको छ
यस्तो स्थिति सम्हाल्न नसक्नेबाट
सुधारको के आशा गर्ने ?
यिनको निम्ति किन व्यर्थै मर्ने ?

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.