कविता : उनी त राति पो भइछन्

~झंकबहादुर बलामी~

सायद रति रहिछन् क्यारे उनी
रातो रंग प्यारो मानी
रात मन पराउन पुगिछन्
समष्टि कि होलिन् भन्ठानेको त
दलीय घेरामा बेरिन गइछन्
उनी त राति पो भइछन्

नारी अधिकारको उदाहरणमा
अद्र्धनग्न बनाउने प्रचलनबीच
उनी अनायास रत्तिन गइछन्
उनी त राति पो भइछन्

कहिले विज्ञापनमा
कहिले चलचित्रको दुनियाँमा
उनी देखापर्ने गर्थिन्
अहिले भने घेराबन्दीमा परी
क्रान्तिको डिंग हाँक्ने भइछन् ।
उनी त राति पो भइछन्

जो जो लाज पन्छाई अवतारिन्छ
उसलाई अखबारले पनि
महत्व दिने गर्छ ।
मालतालवालाले समेत
विज्ञापनमा त्यस्तालाई अघि सार्छ
भ्रम फैलाउनका लागि
यस्ताको महत्व स्वीकार्छ ।

यसैअनुरुप जनता मोड्न
यी नारी दलपक्षकी भइछन्
उनी त राति पो भइछन्

आजको छाडापनले
सत्यको सोझोपनलाई नकार्छ
तडकभडक र छलछाम नै
वास्तविकता ठानी स्वीकार्छ
अन्ततः कसै न कसैको आधारमा त
रहनु नै थियो उनलाई
यसैले मुस्दुन्डेहरु नै उनले
खुलेर मन पराइछन्
उनी त राति पो भइछन् ।

(कुनै कलाकारिता कम्युनिस्ट दलमा घुसेको सन्दर्भमा)

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.