~दिवाकर रिमाल~
ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि
असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि
हराभरा हुनुपर्ने उजाडिँदै गयो किन ?
प्रकृतिको धनी पनि बेसहरा भयो किन ?
नभएको जुटाउनेले भाको पनि लुटेपछि
ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि
असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि
गरिव देशका सिमित मान्छे धनात्तीमा चिनिसके
खरको झुप्रो भर्खर छोडि ठुला महल किनिसके
कालो धन्दा गर्नेहरुको उल्टै कवास फूटेपछि
ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि
असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि
जनता र नेताबीच साधैँ फटो आएपछि
छिनमै सबै विर्सिदिन्छन् पहिले कसम खाएपछि
नेता ठिकमा आउलान् पहिले जनताले कुटेपछि
ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि
असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि
देश धनी छ भन्ठान्छन् रे भत्ता खान पाएपछि
बोलेको सब विर्सिदिन्छन् सत्ता जान पाएपछि
के–के हुन्छ थहा पाउँछौ हामलाई रिस उठेपछि
ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि
असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि
एउटा कुरा ख्याल गर है तिम्री आमा रोइन् धेर
यस्तै हुँदै गयो भने हत्या हुन छैन बेर
अरुको नि हुन्न माया आफ्नो भाग्य फूटेपछि
ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि
असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि
–दिवाकर रिमाल