~जे.बी. शेर्पा ~
सुन प्रिये , आउ !
सब्बै छोड़ी दिउँ ,
जहाँको त्यहीँ , जस्ताको त्यस्तै ,
भूली दिउँ , त्यागी दिउँ सब ,
चुँडाली दिउँ सब बंधन हरु !!!
जसले तिम्रो र मेरो
अनमोल पल हरु ,
हाक्का हाक्की नै लुटेर लगी रहेछ ,
रंगीन दुनिया ,
डढेलो लगाईं रहेछ , धमिलो पारी रहेछ !
समयले ,
थोरै सुख र खुशीको लालच मा ,
हामीलाई दाश बनाई रहेछ र ,
हामी बाट उल्टै सुख र खुशी लुटी रहेछ ,
हामी अर्ध चेतना मा जस्तै ,
सवै थाहा पाउंदा पाउँदै पनि ,
लुटीइ नै रहेका छौ !
अनि एकदिन , जब होश खुल्छ ,
त्यस बखत , समयले हामीलाइ ,
कंकाल बनाई सकेको हुनेछ ,
जर्जर बनाई सकेको हुनेछ !
बाध्यात्मक , लाचार जवाफ हुन सक्छ की ,
फगत , विवश , लाचार लुटिनु र हेर्नु सिवाय ,
के नै सजाय दिन सक्छौँ र समय लाइ ??
तर त्यसो हैन !
त्यसैले म पुकार्दैछु प्रिये ! आउ !
तिमीलाई म लाँदै छु त्यस लोकमा …..!!
जहाँ समय रोकिन्छ !!!
जहाँ ,
तुच्छ समय एकाएक स्थिर रहन्छ ,
समय आफैं कैदी बन्छ र काल आँसू खसाल्छ ,
त्यों लोक “ब्ल्याक होल” जस्तै शक्तिशाली तर सुन्दर , स्वर्गिय लोक हुनेछ !
जसको नाम राख्नेछु ” हाम्रो लोक ”
हाम्रो लोकमा ,
दिन र रात , अँध्यारो र उज्यालो को परिभाषा हुने छैन,
सुख़: र दुक्ख : भोक र प्यास को अनुभूति हुने छैन ,
सात जनम साथ दिने कसम हरु निरर्थक हुनेछन !
वाचा र कसम हरुको आवश्यकता पर्ने छैन !
त्यहाँ ,
क्षितिज सम्म तिमीले देख्ने छौ फुलै फूल ,
पाउने छौ सुवासै सुवास ,
अनि फुलबारी माझ पाउने छौँ ,
तिमीले मलाई र मैले तिमीलाई !
जहाँ ,
लुका मारी खेल्दै वा कपालमा फूल सिउरिँदै ,
तिम्रै काखमा पल्टेर गीत गुन्गुनाउँदै ,
यूगौं युग साथै बिताउँला !
अनि !
त्यस लोकमा अनुभूत गराउने छू म ,
प्रेमका अग्ला पहाड़ हरु र उचाई हरु ,
मायाँ का सागर हरु र गहिराई हरु ,
चाहाना का गहिरा गल्छि हरु ,
किनकी यो सब यस् धर्ती मा संभव छैन अचेल !
तर म बाचा गर्नेछु की !
जब यस् धर्ती मा प्रलय समाप्त भै ,
फेरी नया जीवन को जब सुरुवात हुन्छ ,
तिमीलाई यहीं ल्याउने छु , किनकी यो प्यारो छ !
तब हाम्रो अगाडी कुनै भौगोलिक सिमाना हुने छैन ,
कुनै देश वा शाषक हुनेछैन ,
नेता हुने छैन , राजनीति हुने छैन ,
कुनै बाध्यता वा विवस्ता हुने छैन ,
कुनै फूल संग काँडाहरु हुने छैन !!!!!!!!!!!!
१९ मार्च २००९
जाङबु (जे.बी.) शेर्पा
एंटवर्प , बेल्जियम