कविता : अलमस्ती भई बस्नु भएन

~सिम्रिका घले~

नेपाली हुँ भन्ने जतिले
अलमस्ती भई बस्नु भएन
हिम्मत हारी कहिले पनि
लाचारीमा फस्नु भएन ।

हुर्दुंगेहरुको क्रियाकलापले
पराश्रयी बनाउँदैछ हामीलाई
असन्तोषको पेसाले पनि
हैरान गराउँदैछ हामीलाई ।

रुने रुवाउनेको साँठागाँठको
रहस्य नबुझी खस्नु भएन ।

जब कि अनर्थकारीहरुसित
सम्पर्क गरेर बढ्यौं भन्दछन्
हुने र नहुने काम गरेर
हामी मास्तिर चढ्यौं भन्दछन् ।

यस्ताहरुको कुकृत्य सहेर
आफूलाई डस्न भएन
नेपाली हुँ भन्ने जतिले
आफैं घाँटी कस्न भएन ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.