~विश्व बल्लभ~
आज मायालुको हो दर्शन पाएर
मेरो आशा लौ पलायो
हराभरा भएर जीवन उदायो
यो साँझ झुम्दैछ यो रात रमाउँदैछ
यो मधुमासमा यो दिल आत्तिंदैछ
नसोच केही म छु तिमी छौ यो साँझ छ
म तिम्रो नजरमा म तिम्रो अधरमा
हामी एक्लै छौं यो ठुलो शहरमा
नसोच केही म छु तिमी छौ यो साँझ छ
शब्द : विश्व बल्लभ
सङ्गीत : शम्भुजित बास्कोटा
स्वर : देविका प्रधान
एल्बम : नेपाली माया
चलचित्र : जिन्दगानी