कविता : मेरो दृष्ट्रिकोणमा तिम्रो बहु अस्तीत्वहरु

~तीर्थ संगम राई~Tirtha Sangam Rai

बिहानीको पारीलो घामसँगै तिमी के उदायौ
एक हुल ब्वाँसोहरु तितिर बितर भएको देखें
तिमीले ती ब्वाँसोहरुलाई खेदि-खेदि धपायौ
तर मैले त तिमीमा नै ब्वाँसोको आकृती देखें
तिमी ूतिमीू नै हौ परीचय दिईहरनु पर्दैन
तिमी सायद योद्धा हौला मलाई केहि फरक पर्दैन
माफ गर मैले तिम्रो चेहराहरुमा…।।
अहिले पनि ब्वाँसो नै देखिरहेछु………१॥

अमन र शान्तिको लागि कतिको सिउँदो पुछ्यौ
आनै ज्यानको बलिदान औं आहुति दिएको देखें
सुन्दर सान्त र समुन्नत राष्ट्रको सपनाहरु देख्यौ
तर मैले त तिम्रो सारा सपनाहरु भत्किरहेको देखें
भयो तिमीले आफ्नो र अरुको रगत बगाउनु पर्दैन
हुन सक्छ तिमी वीर हौला मलाई केहि फरक पर्दैन
माफ गर मैले तिम्रो महत्वकांक्षी सपनाहरु …।।
अहिले पनि निरन्तर भत्कीरहेको नै देखिरहेकोछु ॥२॥

बारुद र बमसँगै पैंठेजोरी खेल्दै तिमी के आयौ
शोषक र सामन्तिहरु लाखा पाखा लागेको देखें
तिमीले ती सामन्तिहरुलाई खोजि-खाजि भगायौ
तर मैले त तिमीमा ती सामन्तिहरुको खोल देखें
बन्द गर तिमीले खोक्रो आडम्बर देखाउनु पर्दैन
तिमी क्रान्तिकारी हौला मलाई केहि फरक पर्दैन
माफ गर मैले तिम्रो गाउँहरुमा अनि बस्तीहरुमा
अहिले पनि सामन्ति शोषकहरुका छायाँ देखिरहेकोछु ॥३॥
माक्स्रको झण्डा फहराउदै जब बस्तीहरुमा आयौ
शहरका आलिसान महलहरु डगमगाई रहेको देखें
गाउँका झुपडिहरुमा शहर बसाल्ने सपना देखायौ
तर आज मैले तिमीलाई त्यहि महलको भित्र देखें
पुग्यो अब हामीलाई माओको कथा सुनाउनु पर्दैन
तिमी असल नेता हौला मलाई केहि फरक पर्दैन
माफ गर मैले तिम्रो चरीत्रमाथि तिम्रो वरीपरी…।
नमिठो मिसावटको छनक मैले पाई रहेको छु ॥४॥

जङ्गल बस्ती अनि शहर हुदै जनता सामु झुल्कियौ
सारा जन मानसहरु तिम्रो पक्षमा उर्लि रहेको देखें
परीवर्तनका भाषणहरुले पधेरो गल्लि सडक थर्कायौ
तर मैले तिमीलाई सुटुक्क हात मिलाई रहेको देखें
छोड अब तिमीले हामीलाई फेरी झुक्याउँनु पर्दैन
तिमी कुशल खेलाडी हौला मलाई केहि फरक पर्दैन
माफ गर मैले तिम्रो शरीर र मस्तिष्कबाट
भष्ट्राचारीको सारै तीतो गन्ध सुघिँरहेकोछु ॥५॥

नेपाली जनता बाठो छ भन्थे तिमीले पनि बुई चढ्यौ
तिम्रो छेउछाउ तिर कुसर्ी तानातानको खेल पनि देखें
तिमी जनता सामु एकाङ्गिमा बेजोड राम्रो अभिनय गुै
तर मैले तिमीलाई यो देशको भागबण्डा गरी हरेको देखें
भयो अब यो देशका जनतालाई मानव वली चढाउँनु पर्दैन
सायद तिमी जन -नायक हौला मलाई केहि फरक पर्दैन
माफ गर मैले त झनै तिमीलाई अहिले श्रीपेच लिएर…।
दाईको िसंहासनमा बसीरहेको माईला दाइ पो देखिरहेकोछु ॥६॥

~तीर्थ संगम राई
स्यामुना
लेटाङ्ग—७, मोरङ्ग
हाल—दोहा, कतार

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.