~मेघ बस्नेत~
म उनको पुजा गर्छु
उनकै सन्तानको बलि चढाउँछु।
ससाना फुलका कोपिला चुड्दा
भन, साच्चै के मैले भगवान् पाउँछु।।
म उनकै पुजा गर्छु
बिचरा कलिलो बाच्छोको भोक मेटाउँछु।
शिवलिङ्गमा पाथी दूध चढाउँदा
भन, साच्चै के मेलै भगवान् पाउँछु।।
म उनकै पुजा गर्छु
सडकमा लडेका असह्यबाट नजर हटाउछु।
धनी पुजारीलाई पैसा फ्याक्दा
भन, साच्चै के मेलै भगवान् पाउँछु।।
म उनकै पुजा गर्छु
उनकै नाममा अनेक भजन कृतन गाउछु।
मनमा असङ्ख्य पापका पोका हुदा
भन, साच्चै के मेलै भगवान् पाउँछु।।
म उनकै पुजा गर्छु
आखिर यो पापी दुनियाँको हात म पनि समाउँछु।
एक पलको लागि धर्मात्मा बन्दा
भन, साच्चै के मेलै भगवान् पाउँछु।।
***
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )