~दीपक कुमार ज्ञवाली~
श्रद्धा र आस्था रह्यो प्रवल ।
ठानेकै थिएँ आस्थाको धरोहर ।
फोहर र कसिंङ्गर नमानी घृणा ।
आत्मसात गरीरहें समीपमा रहेर ।
भावना कुल्चिन, आस्था डग्मगाएन ।
अटल बिश्वास सधै मनमा राखेर ।
गुलाबको फूल ठानेको थिएँ ।
श्रद्धा भक्तिले शीरमा राखेर ।
पलाँशको फूल बनेछौ तिमी ।
त्याग्न मन थिएन बनायौ बिवश ।
आउँदैन वासना चढ्दैन भगवानलाई ।
बिवश बनायौ कस्तो अहा मलाई ।
सुन्दर बन्न खोज्यौ पलाँश जस्तै ।
श्रद्धा र भक्ति नरहने आस्था ।
देखिन्छौ कति सुन्दर आवरण ।
हृदयमा राखेर पापको भण्डार ।
मैले छेकिन बाटो ,लगाईन ढोका चोटा ।
गर्ने तिमी नै हौ यि सब हर्कत ।
म बोल्न सक्छु म मेरा कुरा
राख्न सक्छु कुरा आऊ मेरै समिप ।
आस्था मेरो, बिचार सधै सधै मेरो
लिनु पर्दैन सापट बिचार विवेक ।
तिमी रहेछौ हिड्ने सधै अरुको पयर।
कस्तो बिबेक सून्य रहेछौ तिमी त ।
आफ्नो कुरा सुनाउछौ तेश्रो पक्ष सारेर ।
बिचार प्रस्फुटन गर्छाै दोश्रो बस्तु खाएर
लौ आऊ बसौं गरौ मन्थन बिमर्श ।
म झुटो कि ? तिमी यथार्थ मापन गरेर।
गुलाबको फूल ठानी शीरमा लगाएँ ।
त्याग्न बिवश पलाशको फूल तिमी भएर ।
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर, रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )