~विश्व राज भेटुवाल~
बोझिलो रात
चाँदनिको भट्टिबाट
लर्खराउदै निस्कन्छ
सडक किनारामा
उन्मुक्त भएर
र
फाटक खोल्छ गलाको
उन्मादी स्वरहरुमा कासन ठोक्न ।
एइ सुतेका मान्छेहरु
सुत ! सुत ! चिर निद्रामा सुत !
नबिउझिने गरी सुत !
किन उठ्नु छ तिमीलाई यहाँ
तिमी त चलेकै छौ
निमेशिय मृत्युमा पनि ।
सरकार त चलेकै छ
बेचेर आफैलाई भएपनी
त्यसैले
सुत ! सुत ! सुत !
मस्त निद्रा मा सुत !
किन जगाउ म तिमीहरुलाई
सुत्ने आनुबंसिक गुण बोक्नेहरुलाई
तिम्रा बा हरु सुते !
बा हरुका बा हरु सुते !
तीनका नि बा र बाजे हरु सुते !
त्यसैले सुत्ने बानी छ तिमीमा ।
सुत ! सुत !
मस्त निद्रा मा सुत !
अन्याय नदेख्ने आखाँ
चिम्लेर सुत !
बचाउको आबाज नसुन्ने कानहरु
बन्द गरेर सुत !
भोको पेटमा मालिकको गुणगाण गाउँने
मुख थुनेर सुत !
अगाडी नबड्ने ति खुट्टाहरुमा
जन्जिर बानेर सुत !
निकट भबिश्य पहिल्याउन नसक्ने
गिदी झिकेर सुत !
सुत ! सुत ! मस्त निद्रामा सुत !
कुनै रात
त्यही निद्रा बिचमा
तिम्रो नक्सा हराउछ ।
देश र झन्डा हराउछ ।
तिमी हराउछौ गोल भुगोलमा ।
बिहानिको मिर्मेरेमा
गिदी छिर्नु अगि टाउकोमा
तिम्रा अगडी बर्धिधारी हुनेछन
कुन्दा ले हान्नेछन तिमीलाई
तिम्रै अगाडी
बलात्कृत हुनेछन
तिम्रा आमा दीदी र बहिनिहरु
सुन सुन तेइ मृदुधोनी हरु
सायद तेइ तिमीलाई प्यारो लाग्छ ।
सुत ! सुत !
मस्त निद्रामा सुत !
ओइ मान्छेहरु
म किन बर्बराउ मध्य रातमा
किन बिउझाउँ तिमीलाई
रक्सिको नशामा
मलाई के ?
कुनै दिन
तिम्रा सन्ततिले तिमीलाई सोध्नेछन
म को हुँ भनेर ?
मेरो देश कहाँ हो भेनेर ?
के उत्तर दिन्छौ तिमी
बिश्वमानचित्रमा कतै बिलायो भन्छौ
कि थोपर्छौ अरुको टाउकोमा
कि भन्छौ
म सुते , सुतिनै रहे
त्यसैले
म हराए
मेरो देश हरायो ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)