कविता : बिवसता…..

~ज्ञानेन्द्र स्थापित~Gyanendra Sthapit

म
एक अपुरो कथा
आफ्नो अन्त्यको खोज मा
तर के हुन्छ चाहँदै मा यहाँ
जब कि
कलम नै रुकी सकेको छ.

म
एक लक्ष्य बिहिन यात्री
आफ्नो अन्त्य को खोज मा
तर के हुन्छ चाहँदै मा यहाँ
जब कि
खुट्टा नै रुकी सकेको छ.

म
मात्र एक जिउँदो लाश
आफ्नो चिताग्नी को प्रतिक्षा मा
तर के हुन्छ चाहँदै मा यहाँ
जब कि
समय नै रुकी सकेको छ.

१८ असार २०३५

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.