~सरिता तिवारी~
चुरमुनिया
मोहना
शोभना
कलधरा
या अरु केही
जे पनि हुन सक्थ्यो
तर लेखिएको छ नागरिकतामा मेरो नाम–
दुखा महतो
म जन्मिएपछि लगत्तै
माइले खाएको हो मेरी आमालाई
र छोडेको हो मेरा गालामा अवशेष
दक्षिणको रुखो हावाले तानेर अचानक
जब हराए बा एकाएक
चुाडिएको हो मेरो सुखको संसार
र बनेको हुा दुनियाको दुख्वा
बगरको कााशजस्तो
बारीको बकैनाजस्तो
जसरी बढ्छन् चिङ्ना
जसरी हुर्किन्छन् सुागुरका पाठा
यही व्यवस्थाको रछ्यानमा घोप्टो पर्दै
हुर्किएा म दुखवा
र गुमाएा आफ्नो असली नाम
उभिनलाई मात्र पैताला छन् मसित
र ओढ्नलाई छ जम्मै आकाश
अरु के के कुरा गुमाएपछि भइन्छ सर्वहारा
मैले त गुमाएको छु
नाम समेत
के कसैले फर्काइदिन सक्छ मेरो नाम?
यो सर्वहारा अनुहारको सर्वसुलभ तस्वीर खिच्न
पाङ्ग्रा गुडाउादै मच्ची मच्ची आउाछ एन्जिओ
झण्डा हल्लाउादै आउाछन् रङ् रङका पार्टि
के के नै दिने हुन् जसरी
नसोधून कसैले मेरो नाम
मलाई थाहा छ
कसैले कहीँबाट दिन सक्तैन कसैको नाम
मेरो सिरानीमुनिबाट खुसुक्क निकालेर
जसले लगेको छ
आमाले राखिदिएको मेरो नाम
त्यही नामको खोजीमा
निस्केको छु म
नाम खोज्न निस्केको यो मानिससित
नसोध्नू झुक्किएर पनि
तोर नाउा कथि हलही ?
यो व्यबस्थाको ढड्ढाभित्र उधिनेर
कथम्
भेटाएछु भने
भन्नेछु एकदिन गर्वसाथ
यतिखेर त
निस्केको छु
नाम खोज्न ।
–।–।–।–
दुखवा, तिम्रो नाम के हो ?
प्रकाशित: आश्विन ३०, २०७२< (स्रोत : कान्तिपुर – कोसेली)