श्याम राज रानाभाटको ३ मुक्तकहरु

~श्याम राज रानाभाट~Shyam Raj Ranabhat


यहि पाराले हो भने देश बन्छ होला र साथी
टुक्रयाएसी नेपाल बाकी रन्छ होला र साथी
देशका लागि झुण्डिएर,गोली खाई मरेकाको
रगतले तिम्लाई स्याबास भन्छ होला र साथी !!


तिमि आकाश मा जून मात्रै देख्छौ म तारा पनि देख्छु
तिमि सागर मात्रै भन्छौ म संगैको किनारा पनि देख्छु
तिमि र म बीच दरार यहि बाट त सुरु भएको हो
तिमि महल मात्रै आफ्नो भन्छौ म सर्बहारा पनि देख्छु


कोहि चढी रहेछन माथि , कोहि झरी रहेछन मान्छेहरु
कोहि आफैले बुनेको जालमा परि रहेछन मान्छेहरु
तिमिले अनेक लान्छना लगायौ तर पनि गुनासो गरिन मैले देखेको छु
भगवान संग विवाद गरि रहेछन मान्छेहरु

(स्रोत : Rescuenewsonline)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.