~तारा ज्ञवाली~
किन गर्छौ तिमी सधै प्रहार पछाडीबाट
छेक्छु भन्छौ रे बाटो हरबार पछाडीबाट
आफ्नै बुतामा जिउंछु आफ्नै पसिना पिउछु
लगाउंदै पो छौ रे काँडेतार पछाडीबाट
सक्छौ उज्यालो देऊ, डोर्याऊ अनन्तसम्म
भत्काउन नखोज मेरो आधार पछाडीबाट
न विस्मय जिन्दगीको, न उर्जा यौवनको
खाली नजर नफाल लाचार पछाडीबाट
यो शिर छ समुच्च, झुकाउन नखोज
भैगो नहान लात सरकार पछाडीबाट
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)