~जे.बी. शेर्पा ~
न्युरोड़ को एउटा व्यस्त चोक , चोकैमा एउटा किराना पसल छ ! पुरानो पुरानो र आकर्षणहिन् देखिने त्यों पसलमा सधै उही फुस्रो बुढो पसले देखिन्छ ! वरीपरी का पसलहरू सबै उज्याला , सजिसजाऊ र आकर्षक देखिन्छ , कपडा,गहना , इलेक्ट्रोनिक्स ,घड़ी ,जुत्ता का पसल हरु , त्यही किराना पसल मात्रै त्यों बिच मा अलग्गै छुटिन्छ नसुहाउदो गरी !
एक दिन त्यही बाटो हिंडी राखने एकजना सज्जन थकान र प्यास मेटाउन त्यही पसलमा छिर्छ , र सबभन्दा चिसो कोकाकोला मांग्छ, प्रतिक्रियाहीन भाव मा कोकाकोला पाउँछ उसले , पिउंछ दुई चार घुट्को घँटी मै अद्किने गरी अनि नाक बाट ग्यांस फाल्दै ताजा अनुभव गर्छ ! क्रमश आँखाहरु दौडाउंछ कौतुहल्तावस ……छर्पटट , लथालिंग र फोहोर हुँदै बुढो पसले को अनुहार मा ठोकिन्छ उसको नजर , अलिवेर पछि एउटा मायालु आवाज निकाल्दै सोध्छ उसले
—-” बा को दोकान त एक्दमै सेंटर मा रहेछ “
—- ” हो ” छोटो प्रत्युत्तर आउँछ
—- ” अनि कति तिर्नुहुन्छ बाहाल ? की आफ्नै घर हो बा को ?
— ” मेरो आफ्नै घर हो यो ” अली रुखो र घमंड मिश्रित जवाफ पाउछ यस् पटक
—- ” हैन नत्र यस्तो चोक को पसल लाइ त बाहाल्मै लाउंदा पनि ३०,४० हज़ार त आई हाल्छ्नी सजिलै ……
—- ” किराना पसल बाट कतिनै फाईदा होला र बा लाइ ….. दुक्ख : मात्र हैन र ??
—– पसले कही बोल्दैन एकोहोरो अन्तै हेरी रहेको हुन्छ
—- ” की त अलीकती सर्सफाई , रंगरोगन गरेर सामान थपेर……….!!!!
यत्ति मात्र भन्न भ्याएको हुन्छ उसले , त्यस पछि पसले बुढो एक्काशी पड्केर कराउन थाल्छ ,फुस्रो अनुहार अब रिस ले चूर र रातो देखिन्छ !!!
— “हैन टैंले मलाई के के थानेको छस ?
—” मेरो थुलो छोरा को प्रेसमा टिमी जस्टो २५ , ३० जना काम गर्ने मान्छे छ !
— -” यो दुइतई घर मेरो हो ठा छ ?
— ” मेरो कान्छा छोरा अमेर्का मा छ !
—” ?? ?? ?? केके भनी रहेको थियो
अब यो बुढो बा लाइ कसरी सम्झाउने भन्दा पनी यो अकल्पनीय व्यवहार बाट कसरी उम्किने भन्ने पट्टी दिमाग गयो र एक्दमै गह्रुंगो मन र दोषी अनुहार लिएर उ त्यहाँ बाट छिटै नै हिंड्नु वेस ठान्यो र फटाफट एकातीर हान्नियो !
त्यहाँ ५ ,७ जना स्थानीय हुल्याहा जस्ता हरु भेला भै सकेका थिए ! पछाडी बाट अझै पनी अस्पस्ट सुनी रहेको थियो ….
— हैन टेस्ले मलाई के थानेको… ? मेरो थुलो छोरा को प्रेसमा….. २५ , ३० जना ….. !
— यो दुइतई घर ……!
निक्कै पर पुगेर सड़क पेटिमा थचक्क बसेर सोच्छ उ ” भूल मेरै हो ” उसको हातमा कोकाकोला को बोतल र कच्याक्क परेको नोट अझै हुन्छ !
– जाङबु (जे.बी.) शेर्पा
एंटवर्प , बेल्जियम