~राजेश नेपाली~
जो सजिलै मनजितेर बास गरि बस्दो रैछ
त्यही आखिर घात गरि उसैलाई डस्दो रैछ
झुटो सपना देखाएर तारा झार्छु भन्ने हरू
नत सक्े टिप्न न नै तारा खस्दो रैछ
इमानको यहाँ मोल छैन बैमानको चर्चा बढी
मनको कालो हुनेहरू धनको पोलिस घस्दो रैछ।
चिल्ला मिठा कुरा गर्नेहरूलाई विश्वास गर्दा
आज आइ तिनकै झुटो चक्रव्यूमा फस्दो रैछ।
आउँथ्यो होला यिनले जस्तै हामीलाई नि घात गर्न
तर पनि हामीलाई नैतिकताले कस्दो रैछ
खडेरीमा जती सुकै घाकले छेक बगरलाई
वर्षातमा झरी पर्दा बाढी आई पस्दो रैछ
–खाँचीकोट–२, अर्घाखाँची
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ४५ – २०६७ असोज १३ गते, बुधबार)