~श्याम राज रानाभाट~
बदनाम पिरती होइन ,बदनाम चरित्र हुन्छ
जाँच हजार चोटी ,माया पबित्र हुन्छ
रुपैले जोडेको माया ,देखिन्छ बजार भरि
मन ले जोडेको माया ,सधै मन भित्र हुन्छ
कति पो बाचिएला,बाचुन्चेल माया गरौ
मरेर गएसी बाकी ,कागजमा चित्र हुन्छ
रहन्छ रहन्न खै ,सधै भरि साथ यस्तै
नरहे पनि यो साथ, सम्झना मित्र हुन्छ
(स्रोत : Rescuenewsonline)